वर्षमा ४० अर्ब बीमा शुल्क, कुन कम्पनीको कति ?

190

छिनछिन खबर
काठमाडौं, साउन ५ । आर्थिक वर्ष २०७४÷७५ मा जीवन बीमा कम्पनीहरुले करिब ४० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले यस अवधिमा वैदेशिक रोजगार बीमाबापत ३ अर्ब १ करोड ४६ लाख ९५ हजार कमाएका छन् । आर्जन गरेको बीमा शुल्कको आधारमा कम्पनीहरूको नाफा हुने हो । त्यसैले आर्थिक वर्ष २०७४÷७५ मा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धेरै कमाएको बीमा समितिले जनाएको छ । समितिको तथ्यांक अनुसार यस कम्पनीले त्यसवर्ष १२ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले वैदेशिक रोजगार बीमा मार्फत ३४ करोड ९९ लाख ३६ हजार रुपैयाँ र अन्य बीमामार्फत ११ अर्ब ६५ करोड २० लाख ५९ हजार बीमा शुल्क आर्जन गरेको छ ।


नेपाल लाइफपछि सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसनले बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले वैदेशिक रोजगार बीमाबाट १ करोड ३८ लाख १ हजार रुपैयाँ र अन्य बीमाबाट ७ अर्ब ४७ करोड ९७ लाख ९४ हजार रुपैयाँ गरी जम्मा ७ अर्ब ४९ करोड ३५ लाख ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बीमा शुल्क आर्जनका हिसाबले नेसनल लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा देखिएको छ । कम्पनीले ५ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले वैदेशिक रोजगार बीमा मार्फत ६० करोड २२ लाख रुपैयाँ र अन्य बीमा मार्फत ४ अर्ब ८० करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ ।

यसैगरी मेट लाइफ इन्स्योरेन्स कम्पनी र एसियन लाइफ इन्स्योरेन्स कम्पनी चौथो र पाँचौ स्थानमा देखिएका छन् । मेट लाइफले बीमा शुल्कबापत ३ अर्ब ७९ करोड ३३ लाख रुपैयाँ कमाएको छ भने एसियन लाइफले २ अर्ब ५० करोड १८ लाख रुपैयाँ कमाएको छ । यी दुबै कम्पनीले वैदेशिक रोजगार बीमा भने गरेका छैनन् ।

छैठौं स्थानमा देखिएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले वैदेशिक रोजगार बीमाबाट ४० करोड ३९ लाख रुपैयाँ र अन्य बीमाबाट १ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ गरी जम्मा १ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यसैगरी सातौं स्थानमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । यस कम्पनीले वैदेशिक रोजगार बीमाबाट २६ करोड ९९ लाख रुपैयाँ र अन्य बीमाबाट ९६ करोड १२ लाख रुपैयाँ गरी जम्मा १ अर्ब २३ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन आर्जन गर्दै आठौं स्थानमा देखिएको छ । कम्पनीले वर्षभरिमा वैदेशिक रोजगार बीमाबाट १५ करोड ११ लाख रुपैयाँ र अन्य बीमाबाट ९० करोड ५ लाख रुपैयाँ गरी जम्मा १ अर्ब ५ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नयाँ बीमा कम्पनीमा को अगाडि ?
गत आर्थिक वर्षदेखि ९ वटा जीवन बीमा कम्पनीहरुले कारोबार सुरु गरेका थिए । बीमा समितिबाट लाइसेन्स लिएर कारोबार सुरु गरेका ९ कम्पनीमध्ये सबैभन्दा धेरै युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले ५६ करोड ३८.४१ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले वैदेशिक रोजगार बीमाबाट २१ करोड ४२ लाख २५ हजार रुपैयाँ र अन्य बीमाबाट ३४ करोड ९६ लाख १६ हजार रुपैयाँ गरी जम्मा ५६ करोड ३८ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
युनियनपछि दोस्रो स्थानमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । यस कम्पनीले वैदेशिक रोजगार बीमाबाट १३ करोड ५२ लाख ६१ हजार रुपैयाँ र अन्य बीमाबाट २१ करोड ५९ लाख ७७ हजार रुपैयाँ गरी जम्मा ३५ करोड १२ लाख ३८ हजार रुपैयाँ शुल्क आर्जन गरेको छ ।

यसैगरी तेस्रो स्थानमा देखिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार बीमाबाट १८ करोड ४५ लाख रुपैयाँ र अन्य बीमाबाट ८ करोड ५१ लाख रुपैयाँ गरी जम्मा २६ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने चौथोमा रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले सोही अवधिमा वैदेशिक रोजगार बीमाबाट १६ करोड ७३ लाख रुपैयाँ र अन्य बीमाबाट ८ करोड ७० लाख ७५ हजार रुपैयाँ गरी जम्मा २५ करोड ४३ लाख ६६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । १९ करोड ६८ लाख ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पाँचौं स्थानमा देखिएको छ भने १५ करोड ११ लाख ७१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरी ज्योति लाइफ इन्स्योरेन्स कम्पनी छैठौं स्थानमा देखिएको छ ।यसैगरी प्रभु लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः ४ करोड ६१ लाख ७२ हजार, ३ करोड ६६ लाख ९४ हजार र २ करोड ९४ लाख ७५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

Womui
Womui