डा. केसीका समर्थकहरू सडकमा

122

छिनछिन खबर
काठमाडौं, साउन ५ । २२ दिनदेखि आमरण अनसनरत डाक्टर गोविन्द केसीले राखेका मागलाई समर्थन जनाउँदै शनिबार काठमाडौंमा विशाल ¥याली निकालिएको छ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग पूरा गर्न सरकारलाई दबाब दिन माइतीघर मण्डलामा बेलुन जुलुस प्रदर्शन गरिएको हो ।


केसीले सुरु गरेकको अभियानलाई साथ दिन आयोजना गरिएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, चिकित्सक, अभिनेत्री तथा विद्यार्थीहरू सहभागी छन् । हातमा बेलुन बोकेका डाक्टर केसीका समर्थकहरू माइतीघरदेखि बानेश्वरसम्म पुगेर कोणसभा गरेका छन् ।
कोणसभामा पूर्वप्रधानन्याधीश सुशीला कार्की, नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, त्रिविका पूर्वउपकुलपति डा केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइरालालगायत बोलेका छन् ।


वर्तमान सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका डाक्टर केसीका समर्थकहरूले ‘डाक्टर केसीको जीवन रक्षा गर, डाक्टर केसी एक्ला छैनौं हामी तिम्रो साथ छौं, माफियाका ताँती ओली सरकारका साथी, एक दुई तीन चार हामी मान्ने छैनौं हार, यो सरकार कस्तो छ श्री ३ जस्तो छ, मेडिकल माफियाहरू होसियार’ जस्ता नाराहरू लगाएका थिए ।

Womui
Womui