राजापका नेतासँग प्रधानमन्त्री ओलीले भने– तराईको विकासका लागि वृहत योजना बनाऔं

110

छिनछिन खबर
काठमाडौं, साउन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका लागि वृहत योजना बनाउने प्रस्ताव गरेका छन् ।
राष्ट्रिय जनता पार्टीका नेताहरूसँगको भेटमा ओलीले उक्त प्रस्ताव गरेका हुन् । तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत योजना बनाउने उनले प्रस्ताव गरेका हु्न । उनले तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने आवश्यकता ठानेका छन् ।


सुगम ठाउँ भएर पनि न्यून तराईमा न्यून साक्षरता दर, विभिन्न सामााजिक विकृतिबाट तराईका जनतालाई मुक्त पार्नु पर्ने ओलीले बताए । राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउनु भएका छन् । राजपाको संविधान संसोधनका बारेमा राखेका जिज्ञासमा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुने बताए ।

Womui
Womui