नेपाली क्रिकेट टिम इंग्ल्यान्डतर्फ, यी हुन् इंग्ल्यान्ड जाने

39

छिनछिन खबर
काठमाडौं, साउन ३ । नेपाली राष्ट्रिय क्रिकेट टिम बिहीबार इंग्ल्यान्ड प्रस्थान गरेको छ । इंग्ल्यान्डको लर्ड्समा हुने टी–२० सिरिज र नेदरल्यान्ड्समा हुने एकदिवसीय सिरिज खेल्न नेपाली त्यसतर्फ प्रस्थान गरेको हो ।


नेपालले आगामी असार १३ नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ । त्यसपछि नेपाली टिम नेदरल्यान्ड्स प्रस्थान गर्नेछ । साउद १६ र १८ मा नेपालले २ खेलको एकदिवसीय सिरिज खेलेर एकदिवसीय खेलमा डेब्यू गर्नेछ। । त्यसअघि नेपालले इंग्ल्यान्डमा ४ अभ्यास खेल खेल्नेछ ।

नेपालको भ्रणणको खेल तालिका

अभ्यास खेल
पहिलो अभ्यास खेल – ५ साउन – नेपाल भर्सेस होग (५० ओभर)
दोस्रो अभ्यास खेल– ७ साउन – नेपाल भर्सेस सेन्ट क्रस (टी–२०)
तेस्रो अभ्यास खेल – ९ साउन – नेपाल भर्सेस इस्ट लन्डन ११ (५० ओभर)
चौथो अभ्यास खेल – १० साउन – नेपाल भर्सेस इस्ट लन्डन सार्कस् (टी–२०)

त्रिकोणात्मक सिरिज
नेपाल, एमसिसी र नेदरल्यान्ड्स – १३ साउन– लर्ड्स मैदान, लन्डन

एकदिवसीय सिरिज
पहिलो एकदिवसीय – १६ साउन– नेपाल भर्सेस नेदरल्यान्ड्स – आम्स्टर्डम
दोस्रो एकदिवसीय – १८ साउन– नेपाल भर्सेस नेदरल्यान्ड्स – आम्स्टर्डम

नेपाली खेलाडीहरु
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल

अफिसियल
रमन शिवाकोटी (म्यानेजर र प्राविधिक विश्लेषक)
जगतबहादुर टमाटा (प्रशिक्षक)
दिनेश भट्ट (फिजियो)
सुवास पात्रो (ट्रेनर)

Womui
Womui