सेनाको एमआई १७ हेलिकप्टरभित्र डाक्टर केसी

148

छिनछिन खबर
काठमाडौं, साउन ३ ।सरकारले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेका डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याउँदै छ।बिहीबार दिउँसो उनलाई नेपाली सेनाको एमआई १७ हेलिकप्टरमा राखेर जुम्लाबाट ल्याइएको थियो।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली चढेको हेलिकप्टर इन्धन भर्न सुर्खेत विमानस्थलमा रोकिएको थियो।नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार इन्धन भरेर हेलिकप्टर ४ बजेर ५५ मिनेटमा सुर्खेतबाट काठमाडौंका लागि उडेको छ।हेलिकप्टरभित्र डाक्टर केसीलाई बेडमा सुताएरै ल्याइएको छ।प्रवक्ता भण्डारीका अनुसार डाक्टर केसीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सेनाको मेडिकल टोली पनि हेलिकप्टरमा सँगै छ।

Womui
Womui