डा. गोविन्द केसी टिचिङ अस्पतालमा

137

छिनछिन खबर
काठमाडौं, साउन ३ । डा.गोविन्द केसीलाई अन्ततः टिचिङ अस्पताल पु¥याइएको छ । जुम्लाबाट राजधानीको टुडिखेलसम्म नेपाली सेनाको हेलिकप्टर र त्यसपछि एम्बुलेन्समा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पु‍¥याइएको हो ।

जुम्लामा २० दिनदेखि अनसन बसिरहेका डा.केसीलाई सरकारले एम्बुलेन्समा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कडा सुरक्षाको घेराबीच पु¥याएके थियो । डा. केसीको जीवन रक्षाका लागि भन्दै उनलाई काठमाडौं ल्याउन सरकारले नेपाली सेनाको हेलिकप्टर बिहीबार बिहान जुम्ला पठाएको थियो । जुम्लामा दिनभरको झडपछि केसीलाई साँझ अबेरमात्र काठमाडौं ल्याइएको थियो ।

सरकारले काठमाडौं आउन नमानेका डा. केसीलाइै जर्बजस्ती ल्याएको थियो । डा.केसीलाई काठमाडौं ल्याउने क्रममा उनी अनशनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो झडप भएको थियो । झडपमा परी दर्जनौं घाइते भएका छन् । प्रहरीले सिसाको गोली प्रहार गर्नुका साथै लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो । काठमाडौं ल्याइपु¥याएपछि सरकारले केसीलाई वीर अस्पतालमा राख्न खोजेको थियो । तर, केसीले टिचिङ अस्पताल लैजानु पर्ने अडान राखेका थिए ।

Womui
Womui