ल्याण्डफिल्ड साइड भरियो, अब कहाँ फाल्ने काठमाडौंको फोहोर ?

235

छिनछिन खबर
काठमाडौं ,साउन ३ । काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइडको आयू सकिएको ११ वर्ष पूरा भएको छ ।अब साइडको विकल्पको रुपमा नयाँ ल्याण्डफिल्डको निर्माण कार्यको लागि कम्तीमा पनि ३ वर्ष लाग्छ । ३ बर्ष सम्म काठमाडौको फोहर कहाँ विर्सजन गर्ने भन्ने विषय सरकारले अझै टुंगो लगाउन सकेको छैन ।


२०६२ सालमा सिसडोल ल्याण्डफिल साइट २ वर्षको क्षमता रहने गरि अस्थायी स्यानीटरी ल्याण्डफिल मार्फत सन्चालनमा ल्याइएको थियो । यसको क्षमता ६.५ लाख मेट्रिक टन मात्र थियो । २ वर्षका लागि निर्माण गरिएको अस्थायी ल्याण्डफिल्डमा काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापन १३ वर्षसम्म गरिएको थियो । जवकी काठमाण्डौ र ललितपूरबाट मात्रै दैनिक करिब १००० देखि १,१०० टन फोहर उत्पादन हूने गरेको छ । जसमध्ये ७० देखि ७५ प्रतिशत फोहर सिसडोलमै व्यवस्थापन हूदैं आएको छ ।‘अहिले सिसडोलको क्षमता सकिएको छ’ काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमूख हरि कुँवरले भने, ‘मुस्किलले २ देखि ३ महिनाको अबधिमा यसको आयु समाप्त नै हुन्छ, त्यसपछि फोहोर कहाँ व्यवस्थापन गर्ने कसरी गर्ने भन्ने विषयमा राज्यले विकल्प खोज्नुपर्छ ।’

सरकारले सिसडोलभन्दा करिब २ किलोमिटर पर रहेको नुवाकोटको बन्चरे डाँडोलाई फोहर व्यवस्थापनको दीर्घकालिन ल्याण्डफिल बनाउने योजना ल्याएपनि उक्त योजना बीचमै अलपत्र परेको छ । २०७३ सालमा बञ्चरे डाँडास्थित ल्याण्डफिल निर्माण कार्य शुरु भएको थियो, तर अहिलेसम्म उक्त स्थानमा १० प्रतिशत भन्दा बढी निर्माण कार्य हुन सकेको छैन ।काठमाण्डौ महानगरपालिका वातावरण प्रमूख हरि कूवंरका अनूसार बन्चरे डाँडाको काम गर्न आ.व २०७३–०७४ को बजेटले रकम नै छुट्याएको छैन । बजेटले बञ्चरे डाँडामा ल्याण्डफिल्ड बनाउने योजना समेट्न नसक्दा बाँकी ९० प्रतिशत कार्य केन्द्रीय निकायको बजेटबाट सम्पन्न गर्ने वा काठमाडौं र लतिलपुरका स्थानिय निकायले गर्ने भन्नेबारे अन्योल सिर्जना भएको छ ।

२०७५ वैशाखमा काठमाडौको एकीकृत फोहोर व्यवस्थापनका लागि लगानी वोर्ड मार्फत नेपवेष्ट नामक निजी कम्पनीलाई जिम्मा दिने प्रारम्भिक सहमति पनि भएको थियो । तर, अहिलेसम्म नेपवेष्ट सँग अन्तिम सम्झौता भएको छैन । नेपवेस्ट महानगरपालिकाको सम्पर्कमा नआएको हुनाले सम्झौता ढिलाइ भएको काठमाडौं महानगरपालि बातावरण विभाग प्रमुख कुँवरले बताए ।‘शहर अस्तव्यस्त हुँदै छ’, कुँवरले भने, ‘खानेपानी र ढलनिकासको कूरा त परै छाडौं केहि समय पछि हाम्रो घर आँगन डम्पिङ साइट हूने पक्का छ ।’पछिल्लो समय राजधानी काठमाडौंको सौन्दर्य विग्रेको त छदैछ अव्यवस्थित फोहरमैलाले मानब स्वास्थ्यमा कति घाटा गर्ला त्यसको हिसाब समेत राज्यले गर्न सकेको छैन ।नेपालको २९२ नगरपालिकामध्ये ५ वटा नगरपालिकासँग मात्र ल्यान्डफिल्ड साइट छ भने केहि नगरपालिकाले कन्ट्रोल डम्पसाइट बनाएका छन् ।

Womui
Womui