डा केसीलाई लिन जुम्ला पुग्यो हेलिकोप्टर, सर्वसाधारणको विरोध

41

छिनछिन खबर
जुम्ला, साउन ३ । २० दिनदेखि अनसरत डा. गोविन्द केसीलाई काठमाडौं लैजान सरकारले पठाएको हेलिकोप्टर जुम्ला आइपुगेको छ । केसीलाई लैजान हेलिकोप्टर आइपुगे पनि स्थानीय विरोधमा उत्रिएका छन् ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले काठमाडौंमा डा. केसीलाई लिन हेलिकोप्टर पठाइएको जानकारी दिएको केहीबरेमा हेलिकोप्टरमा स्वास्थ्य विभागका महानिर्देशक डा. गुणराज लोहनीको टोली जुम्ला आइपुगेको हो । हेलिकोप्टरमा पुगेको सरकारी टोली डा. केसीसम्म पुग्न नदिन सर्वसाधारणले मानव साङ्ग्लो बनाएर रोकेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा ठूलो मात्रामा सुरक्षाकर्मी खटाएर सरकारले जबरजस्ती लैजाने तयारी गरिरहेको छ । विद्यार्थीहरुले सुरक्षाकर्मी लगायत सरकारी अधिकारीहरुलाई भित्र पस्न दिएका छैनन् । डाक्टर केसीले पनि माग पूरा नभएसम्म काठमाडौं नजाने बताएका छन् ।

Womui
Womui