डाक्टर, नर्सलाई दुव्र्यवहार गर्दै जुम्लामा प्रहरी हस्तक्षेप

145

छिनछिन खबर
जुम्ला, साउन ३ । सरकारले डा. गोविन्द केसीलाई अपहरण गर्न लागेको भन्दै प्रतिरक्षामा उत्रेका डाक्टर, नर्स, जुम्ली आमा, स्थानीय तथा विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले जुम्लाका महिला, स्थानीय तथा विद्यार्थीहरुलाई लाठीचार्ज तथा अश्रुग्याँससमेत प्रहार गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुलगेटमा बसेका महिला तथा स्थानीयलाई तितरबितर बनाएर प्रहरीहरु अस्पतालभित्र छिरेका छन् । उनीहरुले बलजफ्ती गरेर भए पनि डा केसीलाई काठमाडौं ल्याउने तयारी गरेका हुन् ।

महिलाहरुले अस्पताल बाहिर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । अस्पतालभित्र विद्यार्थी तथा स्थानीयहरुले मानवसाङ्लो बनाएर प्रहरीलाई रोक्ने प्रयास गरिरहेका छन् । सो क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गर्दा केही विद्यार्थी घाइते भएका छन् ।
सरकारले आज बिहान डा केसीको जीवनरक्षाका लागि भन्दै हेलिकोप्टर र सरकारी टोली जुम्ला पठाएको थियो। जुम्ला पुगेको टोलीलाई स्थानीय, अस्पतालका कर्मचारी, विद्यार्थीहरुहले अस्पताल प्रवेशमा रोक लगाएका थिए ।

Womui
Womui