किन घटे वैदेशिक रोजगारीमा जाने युवा ?

259

सपना शर्मा
काठमाडौं, साउन ३ । आर्थिक वर्ष २०७४÷०७५ मा कामको खोजीमा पहिलोपटक र दोहो¥याएर गरी ६ लाख १२ हजार ६ सय ८५ युवा विदेशिएका छन् । जसमा महिलाको संख्या ३२ हजार ९ सय ६४ छ ।


म्यानपावर कम्पनीमार्फत ३ लाख २३ हजार ८ सय ७६ जना, संस्थागत रुपमा नयाँ श्रम स्वीकृति लिने ८ हजार ९ सय ६, व्यक्तिगत श्रम स्वीकृतिमार्फत २१ हजार ३ सय तथा व्यक्तिगत रुपमा पुनः श्रमस्वीकृति लिएर २ लाख ५८ हजार ६ सय ३ जना पछिल्लो एक वर्षमा विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७३÷०७४ मा संस्थागत र व्यक्तिगत गरी ६ लाख ५६ हजार ८ सय विदेशिएका थिए । यस आँकडालाई आधार मान्दा गत आर्थिक वर्षमा ४४ हजार १ सय १५ कम कामदार विदेशिएको विभागले जनाएको छ । २०७३÷०७४ को भन्दा गत अर्थिक वर्ष रोजगारीको खोजीमा विदेशिने महिलाको संख्यामा पनि गिरावट आएको छ । गत वर्ष ३७ हजार महिला वैदेशिक रोजगारीमा गएका थिए ।
वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आउनुको प्रमुख कारण गत जेठ ३ गतेदेखि मलेसिया जान नयाँ श्रमस्विकृति नदिने सरकारको निर्णय प्रमुख रहेको धेरैको भनाइ छ ।

देशअनुसार नेपाली कामदार पलायनको अवस्था हेर्ने हो भने यो वर्ष सबैभन्दा धेरै कामदार कामको खोजीमा कतार पुगेका छन्। । कतारपछि नेपाली युवाको प्रमुख रोजाइमा क्रमशः मलेसिया, युएई र साउदी अरब परेको विभागको प्रतिवेदनमा उल्लेख छ ।
विभागको प्रतिवेदनअनुसार कतारमा १ लाख ८३ हजार ५ सय ४२ जना, मलेसियामा १ लाख ३७ हजार ३ सय ११ जना, युएईमा १ लाख १४ हजार ९ सय ४१ जना, साउदी अरबमा १ लाख ८ हजार ४ सय १४, कुवेतमा २७ हजार १ सय ४९ जना, बहराइनमा ८ हजार ४ सय ५४ जना, ओमानमा ५ हजार ७ सय १३ जना र जोर्डनमा २ हजार १ सय ४ जना नेपाली कामदार पुगेका छन् । विदेशिने कुल युवामध्ये ८० प्रतिशतको रोजाइमा यी देशहरु परेको देखिन्छ ।

आर्थिक वर्ष २०७४र०७५ मा जापान, पोर्चुगल, पोल्याण्ड, नर्वे, क्यानडा, ब्रुनाई हङकङलगायतका देशमा व्यक्तिगत भिसामा जाने कामदारको संख्यामा भने वृद्धि भएको छ । पछिल्लो समय मलेसिया र खाडीको विकल्पमा युवाले युरोपलगायतका देशमा रोजगारीमा जाने क्रम बढ्दै गएको छ ।

Womui
Womui