नेकपाले ग¥यो केसीलाई काठमाडौं ल्याउने निर्णय

44

छिनछिन खबर
काठमाडौं, साउन ३ । जुम्लामा विगत २० दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य स्थिति खराब हुँदै गएपछि बसेको नेकपाको आकस्मिक बैठकले उनलाई काठमाडौं ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको बैठकले उक्त निर्णय गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले केसीलाई काठमाडौं ल्याउनु उचित हुने निष्कर्ष निकालेको हो ।


‘डा.केसीलाई सिसियुमा राख्नुपर्छ भन्ने रिपोर्ट आयो’, श्रेष्ठले भने, ‘सरकार र हाम्रो पार्टीको पहिलो कर्तव्य डा.केसीको जीवन रक्षा गर्नु हो ।’ केसीको पछिल्लो स्वास्थ्य परीक्षणले स्वास्थ्यको अवस्था निकै नाजुक देखिएको छ । उपचारमा संलग्न चिकित्सकले केसीलाई सुविधा सम्पन्न अस्पतालमा राख्नु पर्ने बताएका छन् । श्रेष्ठले वार्ता र सहमतिका लागि केही दिन लाग्ने भएकाले केसीलाई चिकित्सकको सुझाव अनुसारको अस्पतालमा राख्ने समझदारी जुटेको जानकारी दिए । ‘चिकित्सकको सुझाव अनुसार सिसियु भएको अस्पतालमा राख्नुप‍¥यो भन्ने निर्णय भयो’, श्रेष्ठले भने, ‘यद्यपी उहाँको अनसन र विचार बाँकी नै छन् । त्यसमा कुनै पनि प्रकारको आग्रह कसैले नराखी छलफल होस् भन्ने हामी चाहान्छौं ।’

डा.केसी चिकित्सा शिक्षा अध्यादेश अनुरूप सरकारले चिकित्सा शिक्षा विधेयक नल्याएको विरोधमा २० दिनदेखि अनसनमा छन् ।
केसीले उपत्यकामा दश वर्ष मेडिकल कलेज खोल्न दिन नहुने र एक विश्वविद्यालले ५ वटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने धारण राख्दै आएका छन् । केसीको मागका आधारमा अध्यादेशमा यी व्यवस्था गरिएका थिए । तर सरकारले संसदमा विधेयक लैजाने क्रममा यी प्रावधान हटाएको छ ।

केसीले भने विधेयक फिर्ता नभएसम्म जुम्लाबाट काठमाडौं नआउने अडान लिँदै आएका छन् ।

Womui
Womui