जबरजस्ती विधेयक अघि बढाए संसद अवरुद्धः नेपाली कांग्रेस

182

छिनछिन खबर
काठमाडौं, साउन २ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जबर्जस्ती अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जबर्जस्ती अघि बढाए संघीय संसद र सबै प्रदेशका प्रदेश सभा पनि अवरुद्ध पार्ने चेतावनी दिए । बुधबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै उनले बिहीबार प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएकाले गण्डक प्रदेशको सभा भने अवरुद्ध नपार्ने जानकारी दिए ।

यसैबीच, नेपाली कांग्रेसले ढिलोमा आगामी असोजको पहिलो हप्ताभित्र पार्टीको महासमिति बैठक बोलाउने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भदौको मसान्त वा असोजको पहिलो हप्ताभित्र पार्टीको महासमिति बैठक बोलाउने जानकारी समेत दिए ।

Womui
Womui