३० हजार अस्थायी र करार कर्मचारीलाई हटाउने तयारी, सक्ला सरकारले ?

65

छिनछिन खबर
काठमाडौं, साउन २ । सरकारले विभिन्न निकायमा कार्यरत ३० हजारभन्दा बढी कर्मचारीलाई एकैपटक हटाउने तयारी गरेको छ । अस्थायी, करार र ज्यालादारीमा रहेका तल्लो तहका कर्मचारीलाई सरकारले एकैपटक हटाउने गृहकार्य अघि बढाएको हो ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसहित विभिन्न मन्त्रालय, विभाग तथा आयोगमा कार्यरत कर्मचारीलाई विदा गर्न लागिएको हो । जागिरबाट हट्नुपर्ने भएपछि प्रभावित कर्मचारीहरू पुनर्वहालीको माग गर्दै सरकारविरुद्ध आन्दोलन थालेका छन् । सरकारले भने संघीयतामा कतिपय कार्यालय खारेजीमा परेको र स्थायी कर्मचारीको दरबन्दी समेत कटौती भएकाले अस्थायी र करारका कर्मचारी आवश्यक नपर्ने भन्दै हटाउने निर्णय भएको पटक पटक दोहो¥याँदै आएको छ ।

Womui
Womui