त्रिभुवन विमानस्थलमा पुनः आधा किलो सुनसहित तीन भारतीय पक्राउ

110

छिनछिन खबर
काठमाडौं, साउन २ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार आधा किलो सुनसहित तीन भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक फेजन खान, अदिल खान र सिद्द मोहम्मद कसिफ छन् । उनीहरूले मुखभित्र राखी जिब्रोमुनि लुकाइछिपाइ सुन ल्याएको प्रहरीले बताएको छ ।


विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले एयर अरेबियाको फ्लाइट नम्बर ९५३९ द्वारा युएईको सरजाहबाट बिहान ९ः३० बजे त्रिभुवन विमानस्थलको आगमन एरियाबाट प्रहरी चेकिङको क्रममा आधा किलो सुनसहित तीन भारतीय पक्राउ परेको जानकारी दिए ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सरकारले केही समयअघि गठन गरेको एक समितिले पछिल्ला पाँच वर्षमा विमानस्थल हुँदै ३८ क्विन्टल सुन तस्करी भएको तथ्य सार्वजनिक गरेको थियो ।

Womui
Womui