भारत भ्रमणमा जान थालेका कृषि मन्त्रालयका ६० कर्मचारीलाई प्रधानमन्त्री कार्यालयद्वारा रोक

33

छिनछिन खबर
काठमाडौं,साउन २ । भारत भ्रमणमा जान लागेका कृषि मन्त्रालयका ६० कर्मचारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोकेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भारत भ्रमणका लागि स्वीकृति पाएका ती कर्मचारीको भ्रमणमा रोक लगाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


राज्यको कर दोहन गरी भारत भ्रमणमा जान थालेको खबर पाएपछि भ्रमणमा रोक लगाइएको बताइएको छ । प्रधानमन्त्री कार्यालयले वैदेशिक भ्रमण व्यवस्थापन निर्दे्शिका, २०७५ को प्रतिकुल हुने गरी वैदेशिक भ्रमण नगर्न र नगराउन समेत पुनः स्पष्ट पारेको छ ।

Womui
Womui