फ्रान्स दोश्रोपटक विश्वकप विजेता, क्रोएसिया ४–२ ले पराजित

51

काठमाडौं, असार ३१ (एजेन्सी) । फ्रान्स विश्वकप फुटबलमा दोस्रोपटक विजेता बनेको छ । रसियामा आइतबार सम्पन्न फाइनल खेलमा क्रोएसियालाई ४–२ गोलले हराउँदै फ्रान्स विश्व विजेता बनेको हो । यसअघि फ्रान्सले सन् १९९८ मा आफ्नै घरेलु मैदानमा ब्राजिललाई हराउँदै पहिलोपटक विश्वकपको उपाधि उचालेको थियो । दोश्रोपटक विश्वकप विश्वकपको उपाधि उचाल्न उसलाई २० वर्ष लाग्यो ।


पहिलो पटक विश्वकप फुटबलको फाइनलमा पुगेको क्रोएसिया र पूर्व विश्वविजेता फ्रान्सबीचको फाइनल खेल निक्कै रोमाञ्चक हुन पुग्यो ।
पहिलोपटक विश्वकप जित्ने लक्ष्यका साथ मैदानमा उत्रेको क्रोएसियाले फ्रान्सलाई आत्मघाती गोल उपहार दियो । फ्रिकिकबाट प्राप्त बललाई क्लियर गर्ने क्रममा म्यान्डुजुकिकले खेलको १८ औं मिनेटमा सो बल आफ्नै पोस्टमा छिराइदिए । यसरी आत्मघाती गोलले पछाडि परेको क्रोएसिया खेलको २८ औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा फर्कियो र आफ्नो विश्वकप सपनालाई जीवित राख्यो ।


तर उसको सो सपनालाई खेलको ३९ औं मिनेटमा फ्रान्सका ग्रिजम्यानले निराश पारिदिए । पहिलो हाफ २–१ सकिएको खेलमा पोग्वाले फ्रान्सका लागि ५९ औं मिनेटमा गोल गर्दै विश्वकप सपनालाई ३–१ ले नजिक बनाए । उनको सो योगदानमा एमबाबेले ६५ औं मिनेटमा गोल गर्दै दोश्रो पटक विश्वविजेता बन्ने सपनालाई थप बलियो पारे । यसरी ४–१ ले पछाडि परेको क्रोएसियाले खेलको ६९ औं मिनेटमा फ्रान्सविरूद्ध दोश्रो गोल ग¥यो । र खेल सकिन २५ मिनेट बाँकी रहेकाले आफूले अझैं हार नमानेको जनाउ दियो । ततस्पश्चात खेलमा फर्किन क्रोएसियाले पटकपटक प्रयास गरेपनि अन्ततः फ्रान्सलाई नतिजा सुम्पन बाध्य भयो ।

Womui
Womui