विश्वमा फ्रान्सले पायो चार अर्ब रुपैयाँको पुरस्कार, अरुले कति पाए ?

56

काठमाडौं, असार ३१ (एजेन्सी) । २१ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि जितेको फ्रान्सले ३९ मिलिएन डलर (करिब चार अर्ब रुपैयाँ) राशीको पुरस्कार हात पारेको छ । २० वर्षपछि विश्वकप जितेको फ्रान्सले सुनको ट्रफीसहित त्यो रकम हात पारेको हो । मस्कोमा सम्पन्न प्रतियोगितामा फ्रान्सले क्रोएसियालाई ४–२ गोल अन्तरले हराएको थियो ।


फ्रान्सले जितेको ट्रफी १८ क्यारेट सुनको हो । दोस्रो भएका क्रोएसियाले २८ मिलियन डलर र तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर पाएको छ । यस्तै चौथो भएको इंल्याण्डले २२ मिलियन डलर पाएको छ । रसिया विश्वकप २०१८ मा कुल पुरस्कार राशी ७९१ मिलियन डलर रहेको छ। । यसअघि ब्राजिल विश्वकप सन् २०१४ को विश्वकप तुलनामा ४० प्रतिशत अर्थात ३० लाख डलर बढी छ । ब्राजिलको विश्वकपमा कुन पुरस्कार राशी ५७६ मिलियन डलर थियो भने २०१० मा दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा यो रकम ४२० मिलियन डलर थियो ।

कसले कति पाए

क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६÷१६ मिलियन डलरका दरले पुरस्कार पाएका छन् । क्वार्टरफाइनलबाट बाहिरिनेमा उरूग्वे, ब्राजिल, रसिया र स्विडेन छन् । यस्तै प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिम (पोर्चुगल,अर्जे्न्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विटजरल्याण्ड र कोलम्बिया) ले १२÷१२ मिलियन अमेरिकी डलरका दरले पाए । यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८÷८ मिलियन डलर पाएका छन्। ।

Womui
Womui