‘पत्रकारलाई धम्याएको’ भन्ने विज्ञप्तीले जनप्रतिनिधी आश्चर्यमा

100

नेपालगन्ज, असार ३१-
पत्रकार हेमन्त चौधरीलाई समाचारको विषयमा जनप्रतिनिधीले धम्क्याएको भन्ने खालको विज्ञप्ती पत्रकार महासंघ बाँकेले सार्वजनिक गरेकोप्रति जनप्रतिनिधीले आश्चर्यता प्रकट गरेका छन् । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले आईतबार एक विज्ञप्ती प्रकाशित गर्दै पत्रकार र पत्रकारका संघ, संस्थासँग सहकार्य गर्दै आईरहेका बेला राप्तीसोनारी साप्ताहिक पत्रिकाका पत्रकार चौधरीसँग आफुहरुले चासो राख्दै छलफल गरिरहेको विषयमा महासंघ बाँके जस्तो गरिमामय संस्थाले एक्कासी एक पक्षिय रुपमा विज्ञप्ती प्रकाशन गर्दा गम्भिर चोट पुगेको उल्लेख गरेका छन् । चौधरीलाई समाचार लेखेको विषयमा धम्की नदिइएको विज्ञप्तीमा भनिएको छ ।

स्थानीय नागरिक समेत रहेका चौधरीले पत्रिकाको नाममा खोलिएको फेसबुकमा आफुहरुका नितान्त ब्यक्तिगत, पारिवारीक भेटघाट तथा जमघटका विषयमा चरित्र हत्या गर्ने गरी निराधार कुरा लेखेको र सोही विषयमा आफु लगायत वडा नम्बर ३ र ४ का वडा अध्यक्ष गंगाराम थारु र कान्छा थारु तथा कार्यपालिका सदस्य दमकला जैसीले त्यो विषयमा जिज्ञासा मात्रै राखेको अवस्थामा उक्त घटनाको यर्थात कुराबारे महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु स्वयंलाई पनि यसबारे अवगत गराएको विज्ञप्तीमा जनाइएको छ ।

गाउँपालिकाको गाउँसभाको तयारी गर्नुपर्ने भएका कारण आफुले तत्काल छलफलमा सहभागिता जनाउन नसक्ने कुरा महासंघका अध्यक्षलाई बताएको स्पष्ट पार्दै अध्यक्ष थारुले विज्ञप्तीमा भनेका छन्, ‘जनप्रतिनिधिले गरेका कामप्रति प्रश्न उठाउने अधिकार सबै नागरिकलाई छ, पत्रकारिता पेशालाई त झन् हामी सम्मान गर्दछौं, तर चौधरीले पत्रकारिताको नाममा सामाजिक सञ्जाल प्रयोग गरेर बारम्बार जनप्रतिनिधीको मनोबल गिराउने, जनतामा नकारात्मक भ्रम सृजना गरिरहेको यसअघिका गतिविधीले देखाउँछ, महासंघ जस्तो संस्थाले जनप्रतिनिधीलाई जोडेर विज्ञप्ती निकाल्नुअघि विषय बस्तुलाई सामान्यीकरण गर्नतर्फ पहल गर्न आवश्यकता वोध गरिरहेका थियौं, तथापी त्यसो नभई महासंघले एकतर्फी कुरा सुनेर विज्ञप्ती जारी गर्दा हामीले स्पष्ट पार्न खोजेका हौं ।’

मेलमिलापको बिन्दुबाट अगाडी बढ्ने अवस्था हुँदा हुदै आफुहरुको नाम जोडेर महासंघले हतारमा विज्ञप्ती प्रकाशन गरेकोप्रति आफुहरुको ध्यानआकर्षण भएको विज्ञप्तीमा जनाइएको छ । तथापी यो विषयलाई छलफलको माध्यबाट टुंगोमा पुर्याउन आफुहरु प्रतिवद्ध रहनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको भुमिका र पत्रकारिताको विकासप्रति राप्तीसोनारी गाउँपालिका सदैव सम्वेदनशिल, जिम्मेवार र प्रतिबद्ध भएको अध्यक्ष थारुले अवगत गराएका छन् । महासंघ बाँके शाखाका साधारण सदस्य समेत रहेका चौधरीलाई समाचार लेखेकै कारण असार ३१ गते बिहान सार्वजनिक स्थलमा गालीगलौज गर्नुका साथै दुव्र्यबहार गर्दै त्यसबारे कही कतै उजुरी गरे जे पनि गर्न सक्ने धम्की दिएको भन्दै महासंघले विज्ञप्ती जारी गरेको थियो ।

Womui
Womui