डेजान लोभ्रेन विश्वकपको फाइनल खेल्न लागेका ’शरणार्थी केटो’

188

छिनछिन खबर
असार ३१ एजेन्सी । क्रोएसिया विश्वकपमा पहिलोपटक छनौट भएको २० वर्ष पुगेको छ ।बीस वर्षअघि उसले फ्रान्समा पाएको त्यो सफलतामा वर्षहरुसँगै बृद्धि भइरहेको छ । अघिल्लो बुधबार विश्वकपको फाइनल प्रवेश गरेर उसले यस सफलताको शृृङ्खलामा थप सिँढी चढेको छ । दुई दशकको छोटो समयमा नै उसले आफूलाई सक्षम रहेको प्रभाणित गर्यो ।

 

सन् १९५० मा उरुग्वेले विश्वकप फाइनल खेले यता क्रोएसिया विश्वकप फाइनल खेल्ने सबैभन्दा सानो राष्ट्र भएको छ । फाइनल प्रवेशसँगै यस टीम अगाडी एक महत्वपूर्ण प्रश्न तेर्सिएको छ – अन्ततः उसले फ्रान्स विरुद्धको फाइनल जितेर विश्वकप ट्रफी पनि उचाल्नेछ ?क्रोएसियाको फाइनल खेल यसका प्रमुख खेलाडी डेजान लोभ्रेनको लागि आफ्नो क्षमता देखाउने अवसर हुनेछ ।लाभ्रेन सन् १९९० को दशकमा बोस्नियामा भएको युद्धबाट उम्कँदा बच्चै थिए । त्यसपछिका सात वर्ष उनले शहणार्थीको जीवन भोग्नुपरेको थियो ।लिभरपुलका यी डिफेन्डरले विश्वकप शुरु हुनुभन्दा अघिनै यदी कुनै क्रोशियाली टिमले विश्वकपमा आफ्नो क्षमता देखाउन सक्छ भने त्यो यही हो भन्ने सोचिसकेको जस्तो देखिन्छ ।

“हामी एक सानो देश हौँ, मात्र ४० लाख जनसङ्ख्या भएको देश । तर पनि यो पालीको हाम्रो टिममा ठूला प्रतिभाहरु छन् ,” उनले भने ।“तपाईले हाम्रा खेलाडीहरु युरोपका एक से एक क्लब क्लबबाट खेलेको हेर्नुभयो भने पनि यसलाई स्वीकार्नु हुनेछ ।”क्रोएसियाको २३ सदस्यीय स्क्वाडमा दुईजना (डोमिनिक लिभाकोभिच र फिलिप ब्राडरिक) मात्र क्रोएसियाली क्लबबाट खेल्छन् । बाँकी २१ जना युरोपमा प्रमुख क्लबहरुमा अनुबन्ध रहेका छन् ।आफ्नो प्रेरणादायी प्रदर्शनबाट क्रोएसियालाई फाइनल पु¥याउन प्रमुख भूमिका खेलेका ३२ वर्षे खेलाडी लुका मोड्रिच रियल म्याड्रिडका लागि खेल्छन् । उनी उक्त क्लबमा खेलेको अवधिमा उनको क्लबले चार पटक च्याम्पियन लिग ट्रफी उचालिसकेको छ । हाल आएर उनी क्रोएसियाली फुटबल टिमको मुटुको स्पन्दन भएका छन् ।

त्यस्तै टिममा बार्सिलोनाका प्रतिभाशाली मिडफिल्डर इभान र्या्किटिच र युभेन्टसका बलिया स्ट्राइकर मारियो मान्डिुच्किच छन् ।मान्डुच्किच बुधबार भएको इङ्ग्ल्याण्ड विरुद्धको खेलमा अतिरिक्त समयमा गोल गरेर नायक ठहरिएका थिए ।“विश्वकपमा सहभागी हुनु आफैमा उपलब्धी हो,” लोभ्रेनले भने ,“तर हामी हाम्रो गुणस्तरमा विश्वास गर्छौँ । समूह चरणबाट अघि बढ्नु भएपछि तपाई लामो यात्रा गर्न सकिन्छ भन्ने विश्वास बढ्छ ।”उनीहरुले साँच्चै लामो यात्रा तय गरेका छन् । मान्डजुभिकको गोलको सहयोगले क्रोएसियाले आइतबार मस्को फ्रान्सको सामना गर्दैछ ।

“मेरो शहरणर्थी जीवन”

लिभरपुल टिभीको लागि तयार पारिएको एक वृत्तचित्रमा लोभ्रेनले सन् १९९२ मा भएको बोस्निया युद्धबाट बचेर भाग्दाको बेलाको सम्झाना गरेका छन् ।“म साइरन बजेको मात्र सम्झन्छु,” लोभ्रेनले भने । “ यो आवाज सुनेर म निक्कै डराउँथे किनकी त्यसपछि बर्सने बमको सोच मात्र आउथ्यो । केही भइहाल्छ कि भन्ने डर हुन्थ्यो ।”“म मेरी आमाले मलाई भुँइतल्लामा लगेको सम्झन्छु । अनि हामी साइरन नरोकिएसम्म त्यहीँ बसेको त्यसको केही पछि मेरी आमा, अंकल र अन्टी र मसमेत कारमा चडेर जर्मनी गएको सम्झन्छु ।”त्यसपछि उनको परिवार जर्मनीमा शहणार्थीको रुपमा बसे । तर त्यहाँको बसाई पनि दिगो हुन सकेन । त्यहाँ गएको सात वर्षपछि उनीहरुलाई क्रोएसिया फर्कन भनियो ।आइतबारको सफलतासँगै लोभ्रेनले २०१७÷१८ को लिभरपुलको एक तितो सम्झना सुनाए ।अक्टोबरमा भएको टोटनह्याम विरुद्धको खेलमा उनी ३१ औँ मिनेटमा मैदान बाहिर निस्किए । उनले मैदान छोड्दा लिभरपुल २–० ले पछाडी थियो । खेल समय सकिँदा लिभरपुल ४–१ को पीडादायी परिणामले हा¥यो ।

उक्त खेल पछि लोभ्रेनले सामाजिक सञ्जालमार्फत उनको परिवारमाथि हत्याको धम्की पाए ।लोभ्रेनले रिपोष्ट गरेको उक्त म्यासेजमा लेखिएको थियो स् “म तेरो परिवारलाई मारिदिनेछु, (अश्लिल शब्द) क्रोएसियाली ।”उनले त्यो बेलाको धम्कीको बारेमा भने स् “मानिसहरुले मेरो बारेमा नराम्रो भन्दा मलाई मतलब लाग्दैन । त्यसले त्यीनकै चरित्र देखाउछ ! तर म मेरो परिवारमाथिको खतरालाई गम्भिरतापूर्वक लिन्छु । म त्यसलाई बेवास्ता गर्न सक्दिन र गर्दिँन पनि ।”२९ वर्षे यी क्रोएट्सले २०१७÷१८ को सिजनको प्रारम्भमा केही खेल अघि खेल्न नसकुँला कि भन्ने डरका कारण पीडा कम गर्न पेनकिलर खाएको पनि बताए ।“म खेल्न सकुँ भनेर औषधी खाइरहेको छु – प्रत्यक खेल अघि पाँचवटासम्म । म खेल्न त खेल्छु तर ट्रेनिङ्गमा जान सक्दिनँ । त्यही भएर मैले म्यानचेस्टर सिटी र बर्नलेसँगको खेल छुटाएँ ।” त्यही बेला क्रोएसियाली पत्रिका स्पोट्स्क नोभोस्टीसँगको कुरामा उनले भनेका थिए ।तथापी लोभ्रेनले इङ्ग्ल्याण्डसँगको विजयपछि रिपोर्टरसँग बोल्दै आफ्नो सिजन खराब रहेको स्वीकार गर्न मानेनन् ।

“मैले लिभरपुललाई च्याम्पिएन्स लिगको फाइनलसम्म पु¥याएँ । अहिले मेरो राष्ट्रिय टिमसँग फाइनल पुगेको छु । मानिसहरुले मलाई उत्कृष्ट डिफेन्डरको रुपमा पहिचान गरुन् र मेरो बारेमा बकवास कुरा नगरुन भन्ने लाग्छ । ”लोभ्रेन जुलाई २०१४ मा २ करोड ६५ लाख डलरमा साउथ एम्पटनबाट लिभरपुल स्थान्तरण भएका थिए ।

Womui
Womui