ललितपुरबाट हतियारको कारोबार गर्ने तीन जना पक्राउ

38

छिनछिन खबर
काठमाडौं, असार ३१।हतियारको कारोबार गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्व टोलीले नियन्त्रणमा लिएको हो।

शनिबार ललितपुरबाट रामेछापका कृष्णबहादुर जोगी, आशुराम मुक्तान र हेमलाल चौधरीलाई नियन्त्रणमा लिएको परिसर टेकुका एसएसपी विश्वराज पोखरेलले बताए।महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरको संयुक्त टोलीले अटोमेटिक पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। एसएसपी पोखेरलले भने, ’ललितपुर परिसर र हामीले संयुक्त अपरेशनबाट पक्राउ गरेका हौं। बाँकी जानकारी खोजी भइरहेको छ।

Womui
Womui