विश्वकप फाइनल आज, कसले मार्ला बाजी ?

143

छिनछिन खबर
काठमाडौं, असार ३१ । २२ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । नेपाली समय अनुसार राति ८ः४५ बजे हुने फ्रान्स र क्रोएसियाको भीडन्तसँगै करिब एक महिना चलेको फिफा विश्वकप पनि समाप्त हुनेछ ।


फाइनलमा फ्रान्स र क्रोएसिया भिड्दैछन् । २० वर्षपछि यी दुई राष्ट्रबीच प्रतिष्पर्धा हुन थालेको हो । सन् १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो पटक विश्वकप खेलेको क्रोएसियाले प्रतियोगितामा सनसनी मच्चाएको थियो । स्वतन्त्र राष्ट्र भएको ७ वर्षमै क्रोएसियाले सेमिफाइनलको यात्रा तय गरेको थियो । क्रोएसियाले क्वार्टरफाइनलमा जर्मनीलाई ३–० गोलले पराजित गरेको थियो । त्यसपछि क्रोएसियालाई ३–० को जित निकाल्न २० वर्ष लाग्यो । यसपटक क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलले नै हराएको थियो ।

१९९८ मा आयोजक फ्रान्स जिनेदिन जिदान र थियरी हेनरी जस्ता खेलाडीका कारण उच्च मनोबलमा थियो । हालका प्रशिक्षक डिडियर डेस्चाम्स तत्कालन फ्रेन्च टिमका कप्तान थिए । सेन्ट डेनिसमा भएको खेलमा फ्रान्स विजयी भएको थियो । त्यसको बदला लिने अवसर पनि यतिखेर क्रोएसियालाई आएको छ । फ्रान्सले जारी विश्वकपको फाइनलमा बेल्जिमयलाई हराएको थियो । शनिबार इग्ल्याण्डलाई हराएपछि बेल्जियम तेस्रो भएके छ ।


१९९८ मा आयोजक फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० गोलले पराजित गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेको थियो । यसपटक फ्रान्स २० वर्षअघिको इतिहास दोहो¥याउँदै दोस्रो पटक उपाधि जित्ने अभियानमा हुनेछ भने क्रोएसिया २० वर्षअघि सेमिफाइनलमा भोगेको हारको बदला लिँदे नयाँ च्याम्पियन बन्ने लक्ष्य लिनेछ । २३ औं संस्करणको विश्वकप सन् २०२२ मा कतारमा हुने तय गरिएको छ ।

(एजेन्सीको सहयोगमा)

Womui
Womui