विश्वकपमा बेल्जियम तेस्रो, इङ्ल्याण्ड २–० गोलले पराजित

141

काठमाडौं, असार ३० । २२ औं संस्करणको विश्वकपमा बेल्जियम तेस्रो भएको छ । रसियामा जारी प्रतियोगितामा तेश्रो स्थानका लागि भएको खेलमा बेल्जियमले इङ्ल्याण्डलाई २–० गोलले विजयी भएको हो ।


हारसँगै इङ्ल्याण्डले चौथो स्थानमा चित्त बुझाएको छ । शनिबारको खेलमा बेल्जियमले चौथो मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । बेल्जियमका लागि पहिलो गोल थोमस मुलरले गरेका थिए । विश्वकपमा बेल्जियमको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । यसअघि सन् १९८६ मा बेल्जियम पहिलो पटक सेमिफाइनलमा पुगेको थियो ।

इङ्ल्याण्डले गोल फर्काउँदै खेलमा बराबरी गर्ने प्रयास गरेपनि सफल भएन । उसले खेलको दोश्रो हाफको ८२ औं मिनेटमा दोस्रो गोल खायो । बेल्जियमका हजार्डलले गोल गर्दै अग्रतालाई दोब्बर पारे । राम्रो प्रयास गरे पनि इङल्याण्डले कुनै गोल गर्न सकेन । तेश्रो भएको बेल्जियमले काँस्य पदक प्राप्त गरेको छ ।

Womui
Womui