डा. केसीको समर्थन गर्नेहरू बढ्दै, सरकारले सत्याग्रह तुहाउने षडयन्त्र गरेको आरोप

66

मालती ओली
काठमाडौं, असार ३० । चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा आमरण अनसनमा बसेका डा गोविन्द केसीलाई साथ दिँदै जीवनरक्षाका लागि सरकारलाई दबाब दिन शनिबार काठमाडौैमा बृहत् प्रदर्शन भएको छ ।माइतीघर मण्डलामा सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो । डाक्टर्स, नर्स, कानुन व्यवसायी सम्मिलित १३ संघसंस्थाले समेत ‍¥यालीमा साथ दिए । सर्वसाधारणसमेतको सहभागिता छ ।

यसैबीच डा. केसीले सत्याग्रह तुहाउने षड्यन्त्र गरेको आरोप लगाएको छन् । सरकारले कर्णालीबाट आफुलाई काठमाडौं लैजाने प्रयास गरेको र त्यो सत्याग्रह तुहाउने षड्यन्त्र भएको उनको भनाइ छ । प्रदर्शनपछि नयाँ बानेश्वरमा भएको कोण सभाको
सुरुवातमा कर्णालीबाटै रेकर्ड गरिएको डा केसीको अडियो सामग्री सुनाइएको थियो ।

आफूले राखेका माग सम्बोधन गर्न सरकार तयार भए अनशन तोड्न तयार रहेको पनि उनले प्रष्ट पारे । ‘सराकारले यदी मैले राखेका मागहरु पूरा गर्छ भने तुरुन्तै अनशन तोड्न तयार छु।’, डा केसीले भने, ‘सरकारले माफियामुखी चिकित्सा शिक्षा ल्याउन खोजेको छ ।’

Womui
Womui