नेपाल आउने पर्यटकमा भारतीय सबभन्दा बढी, अमेरिकाका ८ प्रतिशत

36

छिनछिन खबर
काठमाडौं, असार ३० । घुमफिरका लागि नेपाल आउने पर्यटकको संख्यामा सबभन्दा बढी भारतीय रहने गरेका छन् । हवाई तथा स्थल मार्ग प्रयोग गर्दै नेपाल भ्रमणमा आउने पर्यटकमध्ये अमेरिकन पर्यटकको हिसा ८ प्रतिशत पुगेको छ । सन् २०१८ को जनवरीदेखि मेसम्मको अवधिका नेपाल भ्रमणमा आउने अमेरिकन पर्यटकको संख्या ३६ हजार पाँच सय ३२ रहेको छ ।

यो वर्ष सबैभन्दा बढी पर्यटक मार्च महिनामा आगमन भएको छ मार्च महिनामा मात्रै नेपाल आउने पर्यटकको संख्या १ लाख २५ हजार १ सय १६ छ । सन् २०१७ को मार्च महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या भने १ लाख ६ हजार दुई सय ९१ मात्रै थियो ।

यसैगरी सन् २०१८ को जनवरीमा ७३ हजार पाँच सय १५, फेब्रअरीमा ९० हजार दुई सय ८७, अप्रिलमा ९८ हजार ६ सय ५० र मेमा ६८ हजार ८ सय २५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तैगरी सन् २०१७ को जनवरीमा ६२ हजार ६ सय ३२, फेब्रअरीमा ८४ हजार ६१, अप्रिलमा ८८ हजार पाँच सय ९१ र मेमा ६२ हजार सात सय ३३ बाह्य पर्यटक नेपाल भ्रमणमा आएको थिए । सन् २०१८ जनवरीदेखि मे महिनासम्म नेपाल भ्रमणमा आउने पर्यटक मध्ये सबैभन्दा बढी भारतीय पर्यटक छन् ।


पाँच महिनाको अवधिमा नेपाल भ्रमणमा आउने भारतीय नागरिककोे संख्या ७२ हजार चार सय ७९ छ । यो कुल नेपाल भ्रमणमा आउने पर्यटक मध्ये झन्डै १६ प्रतिशत संख्या हो । पाँच महिनाकै अवधिका सन् २०१७ को तुलनामा सन् २०१८ मा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्या ३३ सय ९५ ले बढी हो । सन् २०१७ को यसैअवधिसम्म नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्या ६९ हजार ७८ जना थियो ।

यसैगरी दोस्रो बढी पर्यटक चीनबाट आएका छन् । सन् २०१८ को जनवरीदेखि मार्चसम्म बढी पर्यटक आउने सूचीमा रहेको चीन मे पछि भने दोस्रोमा झरेको छ । पाँच महिनाको अवधिमा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या ६५ हजार ६ सय ७० छ । यो संख्या सन् २०१७ को पाँच महिनामा ४५ हजार पाँच सय ९४ मात्रै थियो । सन् २०१७ को तुलनामा स्न २०१८ को पाँच महिनामा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या २० हजार ८५ जनाले बढी हो । यस्तैगरी चौथो स्थानमा बेलायतबाट नेपाल भ्रमणमा आउनेको संख्या बढी छ । बेलायतबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या २५ हजार एक सय ३६ रहेको बोर्डले जनाएको छ ।

Womui
Womui