नेपाली मूलकी महिला भइन् दक्षिण कोरियाको पहिलो विदेशी प्रहरी

65

सोल, असार ३० (एजेन्सी) । नेपाली मुलकी सम्झना राई दक्षिण कोरियामा पहिलो विदेशी नागरिक प्रहरी बन्न सफिल भएकी छन् । दक्षिण कोरियाली नागरिकसँग बिहे गरेर गएकी २८ वर्षीया सम्झना राईले हालै राज्य, प्रशासन प्रहरी परीक्षा पास गरेकी ग्वान्जुस्थित चोसुन विश्वविद्यालयले जानकारी दिएको छ । उनी विश्वविद्यालयमा प्रहरी प्रशासन संकायकी सिनियर विद्यार्थी थिइन् ।


कोरिया टाइम्सका अनुसार कोरियाभन्दा बाहिरका देशबाट प्रहरी परीक्षा पास गर्ने सम्झना पहिलो विद्यार्थी हुन् । सम्झनाले अब केन्द्रीय प्रहरी एकेडेमीमा पूर्व (नियुक्तिको ८ महिने तालिम लिनुपर्नेछ । त्यसपछि जेयोन्जी प्रान्तीय प्रहरी एजेन्सीमा वैदेशिक मामिला विभागमा काम गर्ने्छिन् । सम्झना सन् २०१० मा नेपालबाट दक्षिण कोरिया पुगेकी थिइन् । उनी दम्याङ, दक्षिण जिओला प्रान्तमा बस्छिन् । सन् २०१५ मा उनी विश्वविद्यालय भर्ना भएकी थिइन् । यसरी प्रहरीमा नियुक्त हुने आफू पहिलो विदेशी विद्यार्थी भएकामा सम्झनाले भनेकी छन्, ’प्रहरी अधिकृत बन्ने मेरो यात्रा एकदमै लामो र गाह्रो रह्यो । मेरा प्राध्यापक र साथीहरूको साथले मलाई यहाँसम्म ल्याइपु¥याएको छ । यसका निम्ति म सबैलाई धन्यवाद दिन चाहन्छु ।’ (कोरिया टाइम्स)

Womui
Womui