आयोजक रसियालाई पाखा लगाउँदै क्रोएसिया सेमिफाइनलमा

140

काठमाडौं, असार २४ (एजेन्सी) । आयोजक रसियालाई हराउँदै क्रोएसिया जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुबै टीमको बराबरी गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा रसियाले २ पेनाल्टी गुमाउन पुगेको थियो ।
निक्कै आक्रमक र प्रतिष्पर्धात्मक भएको खेलमा रसियाले गोल गर्दे अग्रता लिएको थियो ।


खेलको ३८ औं मिनेटमा चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए । तर उसको अग्रतालाई क्रोएसियाले खेलको ३९ औं मिनेटमा गोल गर्दै बराबरी गरिदियो । क्रोएसियाका लागि करामारिकले गोल गरेका थिए । पहिलो हाफ १–१ को बराबरी खेलेका रसिया र क्रोएसिया दुबैले दोश्रो हाफमा गोल गर्न आक्रमण एकअर्काको पोस्टमा गरेपनि गोल गर्न असफल भए र खेल अतिरिक्त समयमा धकेलियो ।
अतिरिक्त समयमा धकेलिएको खेलमा १०१ मिनेटमा डिडेले गोल गरे र क्रोएसियालाई अग्रता दिलाए । पुनः रसियाका खसञ्जिबनी गोल फर्नानडेजले ११५ मिनेटमा बराबरी गोल फर्काए । । पेनाल्टीमा पुगेको खेलमा क्रोएसियाका गोल्कीपरले रसियाको तर्फबाट प्रहार दुई गोल रोक्दा ४–३ ले क्रोएसिया विजयी भयो ।

क्रोएसियाले सेमिफाइनलमा इङ्ल्याण्डसँग खेल्नेछ । फ्रान्समा सन् १९९८ मा भएको विश्वकपमा सेमिफाइनल यात्रा तय गरेयता क्रोएसियाको यो दोश्रो विश्वकप सेमिफाइनल हो । २० वर्षपछि क्रोएसिया फेरि सेमिफाइनल आइपुगेको छ । सेफिाइनलका खेल बुधबारदेखि हुनेछन् ।

Womui
Womui