इङ्ल्याण्डद्वारा स्वीडेन २–० गोलले पराजित, २८ वर्षपछि इङ्ल्याण्ड सेमिफाइनलमा

94

काठमाडौं, असार २३ (एजेन्सी) । रसियामा जारी विश्वकप फुटबलमा इङ्ल्याण्डले २–० गोलले स्वीडेनलाई हराएको छ । स्वीडेनलाई हराएसँगै इङ्ल्याण्ड २८ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ ।


स्वीडेनलाई हराउने क्रममा इङ्ल्याण्डले खेलको पहिलो हाफमा अग्रता लिएको थियो । उसको लागि म्याक्वायरले हेडमार्फत खेलको ३० औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी स्वीडेनलाई हराउने क्रममा दोश्रो गोल खेलको ६० औं मिनेटमा भएको थियो । डेलेले हेडमार्फत गोल गर्दै इङ्लिस टोलीको अग्रतालाई दोब्बर पारे ।

स्वीडेनले खेलमा फर्किनको लागि गोल गर्ने अवसर तयार पारे पनि इङ्लिस टोलीले निरन्तर आक्रमण गर्दै रक्षात्मक खेल खेल्न बाध्य पारिदिएको थियो ।

Womui
Womui