बुद्ध एयरलाई नेपालगन्ज–नयाँ दिल्ली उडान अनुमति, पुस १७ गतेदेखि उडान हुने

47

छिनछिन खबर
काठमाडौं, असार २३ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई नेपालगन्ज–नयाँ दिल्ली उडान भर्न अनुमति दिएको छ । आउँदो पुस १ गतेदेखि लागू हुनेगरी बुद्ध एअरले उडान अनुमति पाएको हो । यसअघि बुद्ध एयरले नेपालगन्जबाट भारतको राजधानी नयाँ दिल्ली दैनिक तीन उडान गर्ने अनुमति मागेको थियो ।

बुद्ध एयरले नेपालगन्जबाट दिल्ली बिहान ६ः३०, दिउँसो १ र साँझ ५ः१० बजे उडान अनुमति माग्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गरेको थियो । यसैक्रममा मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुद्ध एयरलाई नेपालगन्जबाट दिल्ली उडानको लागि पत्राचारसमेत गरेको छ । दिल्लीमा संसारभरिका एयरलाइन्स र पर्यटकको व्यापक आवतजावत हुने गरेको छ । यसैलाई ध्यानमा राखी बुद्ध एयरले विभिन्न एयरलाइन्ससँग अन्तरदेशीय टिकट बिक्री वितरणका लागि इन्टरलाईन र जिडिएस प्रणाली अध्ययन र लागू गर्नकालागि विभिन्न कम्पनीहरुसँग पत्राचार गरेको जनाएको छ । यस उडानबाट सुदूरपश्चिम र पश्चिमका जनता प्रत्यक्ष लाभान्वित हुने बताइएको छ। ।

बाँके, बर्दिया, शुक्लाफाँटा निकुञ्ज, मनोरम हिमश्रृंखला, खप्तड, स्वर्गद्वारी, रारा, तिलिचो तालतलैयाले पनि पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । नेपालगन्ज–नयाँ दिल्लीको उडान लगत्तै नेपालगन्ज–पोखराको दैनिक उडान पनि भर्ने बुद्ध एयरले जनाएको छ ।

Womui
Womui