बेल्जियमले समाप्त पारिदियो ब्राजिलको विश्वकप यात्रा

58

काठमाडौं, असार २३ (एजेन्सी) । विश्वकपको विजेता दाबेदार मानिएको ब्राजिललाई यात्रामा र बेल्जियम अवरोध बनेको छ । शनिबार बिहानको खेलमा बेल्जियमले २–१ गोलले ब्राजिललाई हरायो । जितसँगै बेल्जियमले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । खेलको १३ औं मिनेटमा आत्मघाती गोलका कारण ब्राजिल पछाडि परेकोे थियो । बेल्जियमले प्रहार गरेको कर्नरबाट आएको बललाई क्लिएर गर्ने क्रममा फर्ना्डिन्होले गरेको हेडले ब्राजिलको आफ्ने पोःटको जाली चुमे पछि ब्राजिल एक गोले पछि प‍¥यो ।


आत्मघाती गोलबाट पछाडि परेको ब्राजिललाई बेल्जियमले खेलको ३१ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर गर्दै सेमिफाइनलबाट अझ पर धकेल्ने काम गरे । बेल्जियमका लागि दोश्रो गोल डिब्रुएनेले खेलको ३१ औं मिनेटमा गरेका थिए । २–० गोलले पछाडि परेको ब्राजिलले खेलमा फर्किन हरसम्भव प्रयास ग¥यो । उसले प्रहार गरेका थुप्रै प्रहार गोलमा परिणत हुन सकेनन् । ब्राजिलका २७ वटा प्रहार बेल्जियन गोलपोस्टमा पुगेका थिए ।

खेलको ७६ औं मिनेटमा अगस्टोले गरेको गोलबाट ब्राजिलले खेलमा फर्किने आशा जगायो । ब्राजिलले खेलको अन्तिम मिनेटसम्म खेलमा गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् र बेल्जियमलाई २–१ को नतिजा सुम्पन बाध्य भयो ।
बेल्जियमले अब फाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्नुपर्नेछ ।

Womui
Womui