विदेश जाने कामदारसँग ११ महिनामा १ अर्बको ठगी

45

छिनछिन खबर
काठमाडौं, असार २३ । चालु आर्थिक वर्ष २०७४र७५ को ११ महिना अर्थात साउनदेखि जेठ महिनामै वैदेशिक रोजगारीका लागि गएका र जाने तयारीका युवाले आफूहरूसँग ९४ करोड ५६ लाख रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका छन् ।जेठमसान्तसम्म १९ सय ५६ युवाले ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । उजुरी दिनेको संख्यमासबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी छन् । यसैअवधिमा व्यत्तिगत ठगीका १ हजार १५ वटा उजुरी परेको छ भने म्यानपावर कम्पनीले ठगेको भन्दै ९ सय ४१ जना कामदारले उजुरी दिएका छन् ।


व्यक्तिगत ठगीका उजुरीमा कामदारले आफुहरुको ६६ करोड ९१ लाख रुपैयाँ ठगी भएको दाबी गरेका छन् । यसैगरी, म्यानपावर कम्पनीबाट ठगीमा परेका कामदारले भने विभागमा २७ करोड ६४ लाख रुपैयाँको दाबीसहित उजुरी दिएका छन् । ठगी दाबीसहित परेको उजुरीमा विभागले हालसम्म १८ करोड ६७ लाख रुपैयाँ रुकम कामदारलाई उपलब्ध गराएको छ । यसैअवधिमा व्यक्तिगत ठगीतर्फ एक सय ७८ वटा उजुरी विभागले छिनोफानो लगाएको छ । विभागले व्यक्तिगत ठगीतर्फ छिनोफानो गरेका उजुरीबाट कामदारलाई १४ करोड १३ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

यसैगरी म्यानपावरबाट आफूहरू ठगीमा परेको भन्दै उजुरी मध्ये सात सय ८६ वटा उजुरीको छिनोफानो गरी म्यानपावर कम्पनीबाट ठगीमा परेका कामदारलाई विभागले चार करोड ५३ लाख रुपैयाँ उपलब्ध गराएको छ ।यस्तैगरी, विभागले चालु आर्थिक वर्षको ११महिनामा २ सय ८ वटा उजुरी वैदेशिक रोजगार न्यायधिकरणमा दायर गरेको छ । विभागका अनुसार म्यानपावर कम्पनीको नाममा दर्ता भएको एउटा पनि उजुरी न्यायधिकरणका गएको छैन् ।

विभागले न्याधिकरणका गएका ठगीका उजुरीमा २८ करोड ४५ लाख विगो दाबीसहित मुद्दा दर्ता गरेको छ । यसैगरी विभागले चालु आवको ११ महिनामा विभिन्न म्यानपावर कम्पनी तथा व्यक्तिलाई २५ लाख ५० हजार रुपैयाँ जरिवान गराएको छ ।

Womui
Womui