संसद सचिवालयमा चिकित्सा शिक्षा विधेयक दर्ता, डा केसीका मागलाई बेवास्ता

46

सपना शर्मा
काठमाडौं, असार २२ । सरकारले डा गोविन्द केसीको माग विपरीत चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गरेको छ । डा गोविन्द केसी अनसनमै रहेको बेला सरकारले उनले उठाएको प्रमुख मुद्दालाई हटाएर शुक्रबार विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो । विधेयकमा गत साता दर्ता गरेर फिर्ता लिएको भन्दा एउटा मात्र दफा फरक छ । काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न पाउने वस्थासहितको विधेयक दर्ता भएको स्रोतले जानकारी दिएको छ ।


संसदमा संशोधनका लागि छालफल हुने भएकाले पुरानै विधेयक दर्ता गरिएको सरकारको भनाइ छ । दुईपटक अध्यादेशमार्फत जारी भएको उक्त विधेयकमा कतिपय विषय हटाइएको छ । अध्यादेशमा भएका विषय यथावत राख्नुपर्ने माग गर्दै डा गोविन्द केसी जुम्लामा अनसन बसिरहेका छन् । डा केसीको १५ औं अनसनको ६ दिन पुगेको छ ।

चिकित्सा शिक्षा अध्यादेशमा रहेका केही महत्वपूर्ण प्रावधान विधेयकमा समेटिएका छैनन् । डा केसीले काठमाडौं उपत्यका १० वर्ष मेडिकल कलेज खोल्न माग गर्दै आएका छन् । उनीसँग सरकारले गरेको सम्झौताअनुसार अध्यादेशको परिच्छेद ५ को दफा १३ को उपदफा ७ मा यसलाई सम्बोधन गरिएको थियो ।तर, विधेयकमा यसलाई समेटिएको छैन । यसैगरी सोही दफाको उपदफा ६ मा उल्लेखित ’यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एक विश्वविद्यालयले पाँच भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन भन्ने पनि हटाइएको छ ।

Womui
Womui