प्रदेश ४ को नाम गण्डकी प्रदेश, गण्डकीको पक्षमा दुई तिहाई बहुमत

62

छिनछिन खबर
पोखरा, असार २२ । प्रदेश सभाका दुई तिहाई सदस्यले पारित गरेसँगै अबदेखि प्रदेश ४ को नाम गण्डकी प्रदेश भएको छ । प्रदेश सभामा शुक्रबार उपस्थित ५६ जना सांसदमध्ये ५४ जनाले गण्डकीको पक्षमा मतदान गरे । २ जनाले मात्र गण्डकी नामको विपक्षमा मतदान गरे । नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र जनमोर्चाले गण्डकी प्रदेशमा मतदान गरे भने नयाँ शक्तिका दुई सांसदले विपक्षमा मतदान गरे ।
बिहीबारको संसद बैठकमा नेपाल कम्युनिष्ट पार्टीको सांसद मायानाथ अधिकारीले प्रदेशको नामको बारेमा छलफल गर्न प्रस्ताव पेश गरेका थिए ।


मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले सबै जातजाति, भाषा, भूगोललाई समेट्ने गरी प्रदेशको नाम गण्डकी राखेको बताए । संसद बैठक सकिएपछि गुरुङले गण्डकी प्रदेश लेखिएको बेलुन उठाएर स्वागत गरे । प्रदेश ४ को नाम तमुवान मगराँत राख्नु पर्दछ भन्दै आन्दोलनरत जनजातिले भने पोखरामा सिठ्ठी जुलुस निकालेर विरोध गरेका छन् ।

Womui
Womui