किन बिक्री हुन सकिरहेको छैन नेपाल बैंकको एफपिओ ?

42

काठमाडौं, असार २२ । पुँजी जुटाउनको लागि नेपाल बैंकले जारी गरेको थप सार्वजनिक निष्कासन एफपिओ निकै कम सर्वसाधारणले खरिद गरेका छन् । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्कासन गरेको थियो । निष्कासन तथा बिक्री प्रवन्धक सिदार्थ क्यापिटलका अनुसार एफपिओमा हालसम्म ९ हजार ३ सय ६१ जनाले आवेदन दिएका छन् । आवेदकले १० लाख ७ हजार ६३० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।


बैंकले असार १९ गतेसम्म छिटोमा बिक्री खुल्ला गर्ने भनेकोमा १० प्रतिशतपनि तोकिएको समयमा एफपिओ बिक्री हुन सकेन । जसले गर्दा असार ३० सम्म एफपिओ बिक्री खुल्ला हुनेछ । सर्वसाधारण र संस्थागत लगानीकर्ताले एफपिओ खरिद नगरेमा प्रत्याभुत कम्पनीले यसको एफपिओ खरिद गर्नुपर्ने हुन्छ । दोस्रो बजारमा नेपाल बैंकको सेयर कारोबार २८५ मा कारोबार भएको छ ।

यो एफपिओ भन्दा ५ रुपैयाँ बढी हो । सरकारी स्वामित्वको उक्त बैंकको अहिलेको आर्थिक अवस्था राम्रो भए पनि विगत ३२ वर्षदेखि बोनस बाँड्न भने सकेको छैन । सर्वसाधारणले नेपाल बैंकको एफपिओमा चासो नदेखाउनुको कारण सरकारी बैंक भएकाले हो कि भन्ने कतिपयको अनुमान छ ।

Womui
Womui