विश्वकप क्वार्टरफाइनल समीकरण पूरा, कसको भिडन्त कोसँग ?

85

छिनछिन खबर
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । पछिल्लो खेलमा इंग्ल्यान्डले कोलम्बियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेसँगै क्वार्टरफाइनल पुग्ने ८ वटै टिमको टुंगो लागेको छ । क्वार्टरफाइनलमा दुई महादेशका मात्र टिम पुगेका छन् । युरोपका ६ टिम अन्तिम ८ मा पुग्दा दक्षिण अमेरिकाका उरुग्वे र ब्राजिलले क्वार्टरफाइनलमा स्थान पक्का गरेका हुन् ।


क्वार्टरफाइनलमा पुगेका ४ टिमले विश्वकप जितेका छैनन् भने ४ टिम पूर्व च्याम्पियन हुन् । क्वार्टरफाइनलमा पुगेका आयोजक रसियासहित क्रोएसिया, स्विडेन र बेल्जियमले अहिलसम्म उपाधि जित्न सकेका छैनन् । ब्राजिल, फ्रान्स, उरुग्वे र इंग्ल्यान्ड भने पूर्व च्याम्पियन हुन् ।

क्वार्टरफाइनल खेल तालिका
असार २२ गते शुक्रबार
उरुग्वे भर्सेस फ्रान्स– राति ७ः४५ बजे
ब्राजिल भर्सेस बेल्जियम– राति ११ः४५ बजे

असार २३ गते शनिबार
स्विडेन भर्सेस इंग्ल्यान्ड– राति ७ः४५ बजे
रसिया भर्सेस क्रोएसिया– राति ११ः४५ बजे

Womui
Womui