प्रदेश ४ को नाम गण्डकी राख्ने प्रस्ताव

128

छिनछिन खबर
कास्की, असार २२ । प्रदेश ४ को नाम गण्डकी बनाउन दलहरूबीच छलफल सुरु भएको छ । बिहीबारको संसद बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद मायानाथ अधिकारीले प्रदेशको नामको बारेमा छलफल गर्न गण्डकी प्रस्ताव गरेका थिए ।


छलफलमा भाग लिँदै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोख्रेलले सबै जातजातिको पहिचान झल्किने नाम गण्डकी नै भएको बताए । उनले सबैको साझा नाम गण्डकी भएको भन्दै नेपाली कांग्रेसले पहिलेदेखि नै गण्डकी नाम राख्न सुझाएको बताए ।
१६ जना सांसदले भाग छलफलमा भाग लिँदै गण्डकी प्रदेश नाम राख्न सुझाव दिएका थिए । नेकपाले निर्णय गरेसँगै नयाँ शक्ति बाहेक सबै दलले गण्डकीको पक्षमा उभिएका छन् । ५९ जना सांसदको प्रतिनिधित्व गरेको संसदमा नयाँ शक्तिका २ जना सांसद छन् । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा गण्डकीकै पक्षमा छन् ।

Womui
Womui