डा. केसीको पक्षमा उत्रिए नेपालगन्जका युवा

75

नेपालगन्ज, असार २१-
कर्णाली प्रदेशको जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको पक्षमा नेपालगन्जका युवा उभिएका छन् । केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै बिहीबार युवाहरुले प्रर्दशन गरे । विभिन्न पेशा र व्यवसायमा आवद्ध रहेका युवाले स्थानीय धम्बोझी चोकमा जम्मा भएर प्रर्दशन गरेका हुन् ।

कोण सभालाई नमस्कार शाह र चिरन्जिवी शर्माले सम्बोधन गरेका थिए । उनीहरुले डा. केसीले उठाएका माग आम नेपाली नागरिकको पक्षमा रहेको बताए । सरकारले तत्काल सम्बोधन गरेर अनसन मुक्त गर्नुपर्ने युवाको सुझाव छ । अनशन बस्न कर्णाली प्रदेशको जुम्ला पुगेका डा. केसीमाथी सरकारको आदेशमा स्थानीय प्रहरी प्रशासनले गरेको ज्यादतीको निन्दा एवम् भत्र्सना गरेका छन् ।

सरकारले डा. केसीको जीवन रक्षा गर्नुपर्ने माग गरे । सो क्रममा उनीहरुले विभिन्न नारा लेखिएको ब्यानर तथा प्लेकार्ड प्रर्दशन गरेका थिए । प्राध्यापक डा. केसीले नागरिकको अधिकार प्राप्तीको लागि गरेको सत्याग्रहप्रति सरकारले ख्याल, ठ्ट्टा गर्न नहुने उनीहरुले बताए ।

Womui
Womui