सात प्रदेश प्रमुख हटाउने मन्त्रिपरिषद्को निर्णय

91

छिनछिन खबर
काठमाडौं, असार २१ । सरकारले सात प्रदेशका प्रमुखहरूलाई हटाउने निर्णय गरेको छ । कानून मन्त्री शेरबहादुर तामाङले मन्त्रिपरिषद् बैठकले सात वटै प्रदेशका प्रमुखहरूलाई हटाउने निर्णय गरेको जानकारी दिए ।


’प्रतिनिधिसभा र प्रदेश सभा चुनावको आचारसंहिता लागू भएदेखि सरकार गठन हुँदासम्मका सबै राजनीतिक नियुक्ति फिर्ता लिने निर्णय भएको छ,’ मन्त्री तामाङले भने । उनले ’प्रदेश प्रमुखहरूको नियुक्ति राजनीतिक भएकाले यो सरकारले हटाउने निर्णय गरेको बताए ।
मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा निर्वाचनको आचार संहिता लागू भएको भदौ १४ देखि नयाँ सरकार बनेको फागुन ३ बीचका सबै राजनीतिक नियुक्त खारेज गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले माघ ३ गते सातै प्रदेशमा प्रमुखहरू नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ल प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

मन्त्रिपरिषद्ले प्रदेश प्रमुख हटाउन गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि उनीहरू पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।

Womui
Womui