१५ लाखसम्मको आयमा कृषकलाई कर छुट दिन प्रदेशसभा सदस्यको माग

64

छिनछिन खबर
हेटौडा, असार २१ । प्रदेश नं ३ को प्रदेशसभा बैठकमा गरिबीको रेखामुनि रहेका प्रत्येक कृषक परिवारले कृषि उत्पादनबाट वार्षिक १५ लाख रुपैयाँसम्मको आय गर्दा कर छुट दिनुपर्ने सदस्यहरुले सुझाव दिएका छन् ।


आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारको तर्फबाट ‘आर्थिक विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेपछि छलफलमा यस्तो धारणा आएको हो । बृहत् पशुपालन र कृषि उत्पादनको फार्म सञ्चालन गर्ने व्यवसायीलाई कर दायरामा ल्याउन पनि उनीहरुले माग गरेका छन् । सदस्यहरुले घरजग्गा बहाल कर र उद्योगबाट उत्पादित सिमेन्ट लगायत अन्य वस्तुको अन्तःशुल्क शीर्षकमा करको दायरालाई फराकिलो पारी राजस्व वृद्धि गर्न सुझाए ।

विभिन्न फर्म, उद्योग र विज्ञापन एजेन्सीलाई एकद्वार प्रणालीमार्फत विज्ञापनको कारोबार गर्न आर्थिक ऐन ल्याउनु पर्ने र विज्ञापन गर्दा ठूलो एजेन्सीमार्फत मात्र विज्ञापन प्रकाशित गर्नुपर्ने प्रवाधान राखिँदा विज्ञापन एजेन्सीलाई करको दायरामा ल्याउन सजिलो हुने उनीहरुको सुझाव थियो ।

सदस्यहरु सरेश नेपाल, डा राजाराम कार्की, शोभा शाक्य, सिर्जना सैंजु, सुरेशराज गोसाई, रीता माझी, पुकार महर्जन, ओमबहादुर घलान, नरोत्तम वैद्य, केशवप्रसाद पोखरेल, राधा घले र एकनाथ दाहालले विधेयकमाथिको छलफलमा भाग लिभएका थिए ।
रासस

Womui
Womui