टोपेखोलाको पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

117

छिनछिन खबर
चितवन, असार २० । चितवनको इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
बुधबार बिहान साढे ५ बजेतिर पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो ५० मिटरभन्दा लामो छ । पानी परिरहेकाले अहिले पनि पहिरो खस्ने क्रम जारी छ । पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Womui
Womui