वैदेशिक रोजगारीमा जानेलाई सूचना दिन शुभयात्रा एप

253

छिनछिन खबर
काठमाडौं, असार २० । वैदेशिक रोजगारीमा जाने कामदारलाई आवश्यक सूचना दिने उद्देश्यले शुभयात्रा एप्लिकेशन सञ्चालनमा ल्याइएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) को सहयोगमा शुभयात्रा एप सञ्चालनमा ल्याएको हो ।


वैदेशिक रोजगारीमा जाने र फर्किने कामदारलाई आवश्यक पर्ने सूचना संकलन गरेर एपमा राखिएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिए । यो एपबाट वैदेशिक रोजगारीका विषयमा धेरै जानकारी पाउने सकिने उनले बताए । सरल, सुरक्षित वैदेशिक रोजगारीमा जान आवश्यक कागजात, स्वास्थ्य परीक्षण, वैदेशिक रोजगार सम्बन्धी ऐन कानुन, कूटनीतिक नियोगको सम्पर्क नम्बर, सम्बन्धित मन्त्रालय तथा निकायको नम्बर र वैदेशिक रोजगारीका क्रममा समस्यामा पर्दा कसरी उद्धार हुन्छ भने विषयलाई एपमा समेटिएको छ ।

Womui
Womui