चल्ने भए वीपी राजमार्गका मध्यम खालका सवारी साधन

189

छिनछिन खबर
काठमाडौं, असार २० । सर्वोच्च अदालतले नेपालकै नमुना सडक वीपी राजमार्गको खुर्कोट–सिन्धुली सडक खन्डमा ३५ सिट क्षमताका यात्रुबाहक बस सञ्चालनमा कुनै अवरोध नगर्ने सरकारका नाममा परमादेश जारी गरेको छ ।


तर, यस अघि गत जेठ २१ गते सर्वोच्च अदालतले नै बीपी राजमार्गको खुर्कोट–सिन्धुलीमाडी सडकखण्डमा ३२ सिटे र १० टन भन्दा माथिका मालबाहक सवारीलाई रुट इजाजत दिने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन आदेश दिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले एकसाता अघि मात्रै प्राविधिकहरुको रिर्पोट लत्याउँदै यो सडकखण्डमा ३२ सिटे र १० टन भन्दा माथिका मालबाहक सरीलाई रुट इजाजत दिने निर्णय गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बीपी राजमार्गमा ३२ सिटे ठूला गाडी र १० टन भन्दा माथिका मालबाहक सवारी चलाउन दिने मन्त्री महासेठको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतल नै फेरि वीपी राजमार्गमा १० टन र ३५ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन गर्न अन्तरिम आदेश दिएको हो । यातायात व्यवसायी कान्छामान बलसमेतले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले वीपी राजमार्गमा १० टन र ३५ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन नरोक्न अन्तरिम आदेश दिएको हो ।

सडकमा ढुवानी र ठूला यात्रुबाहक गाडी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै असार १२ गते कान्छामान बलसमेतले जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला प्रशासन कार्यालय सिन्धुली, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरवार काठमाडौं, जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक र जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

उक्त रिटको पक्षमा कानुन व्यवसायीहरु शम्भु थापा, टीकाराम भट्टराई र टेकेन्द्र बस्नेतले बहस गरेका थिए । सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने वा नपर्ने विषयमा छलफलका लागि असार २६ गते दुबै पक्षलाई बोलाएको छ ।

Womui
Womui