इङ्ल्याण्ड अन्तिम आठमा, टाइब्रेकरमा कोलम्बिया पराजित

94

काठमाडौं, असार २० (एजेन्सी) । विश्वकपको दाबेदारमध्ये एक इङ्ल्याण्ड संघंर्षपूर्ण जित निकाल्दै अन्तिम आठमा पुगेको छ । इन्जुरी टाइममा कोलम्बियाले बराबरी गोल फर्काएपछि अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको खेलमा इङ्ल्याण्ड ४–३ ले विजयी भएको छ ।
टाइब्रेकरमा कोलम्बिया २ पेनाल्टीलाई गोलमा बदल्न चुकेको थियो । यता इङ्ग्ल्याण्डले भने जितका लागि अन्तिम पेनाल्टीसम्म कुर्नु परेको थियो ।


पेनाल्टीमार्फत इङ्ल्याण्डले विश्वकप इतिहासमा जित हात पारेको यो पहिलोपटक हो । क्वाटरफाइनलमा उसले स्वीडेनको सामना गर्नेछ । पेनाल्टीबाट इङ्लिस टोलीलाई खेल सुम्पनुअघि कोलम्बियाले खेलको ९३ औं मिनेटमा गोल गर्दै लगभग इङ्ल्याण्डको पक्षमा गइसकेको खेलमा रोचक पुनरागमन गरेको थियो । एरी मिनाले कोलम्बियाका लागि सो बराबरी गोल गरेका थिए ।

त्यसपछि चलेको ३० मिनेटको अतिरिक्त समयको खेलमा दुबै टोलीले गोल गर्न सकेनन् । र, खेल टाइब्रेकरमा धकेलियो । इङ्ग्ल्यान्डले पेनाल्टीबाट खेलमा अग्रता लिएको थियो । इङ्लिस कप्तान हेनेरी केनले खेलको ५८ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । केनलाई कोलम्बियाका ह्यानचेजले डिवक्समा लडाएपछि रेफ्रीले इङ्ल्याण्डलाई पेनाल्टी दिएका थिए ।

इङ्ल्याण्डको विजयसँगै जारी विश्वकपको क्वाटरफाइनलको समिकरण पूरा भएको छ । इङ्ल्याण्डसँगै क्वाटरफाइनलमा ब्राजिल, फ्रान्स, उरूग्वे, स्वीडेन, बेल्जियम,रसिया र क्रोएसिया पुगेका छन् ।

Womui
Womui