सरकार शोषक सामन्तको पक्षमाः पूर्वप्रधानन्यायाधीश कार्की

58

छिनछिन खबर
असार १९, काठमाडौं– पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले सरकार शोषक सामन्तको पक्षमा उभिएको गम्भिर आरोप लगाएकी छिन् पूर्व प्रधानन्यायाधीश कार्कीले गरिवको पक्षमा माग राखेर १४ पटकसम्म अनसन बस्दै आएका चिकित्सक गोविन्द केसीको मागलाई सम्बोधन नगरेर सरकार शोषक सामन्तको पक्षमा उभिएको पुष्टि भएको दावी गरिन् ।

मंगलबार काठमाडौंमा आयोजित नागरिक समाजका अगुवाहरुको भेलामा बोल्दै उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई मोडेर सरकारले शोषक व्यापारीहरुको पक्ष लिएको भन्दै आक्रोश समेत व्यक्त गरिन् । पूर्व प्रधानन्यायाधीश कार्कीले गरिवको पक्षमा उभिएका चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन नगरे गरिव झनै मारमा पर्ने अवस्था आउने धारणा पनि राखिन ।उनले छोराको हत्यारालाई कार्वाही गर्न माग राख्दै आमरण अनसन बसेकी गंगामायालाई न्याय दिलाउने अभियानमा जुटन पनि सबैलाई आह्वान गरिन् ।आजसम्म सरकारले गंगामायाको माग सम्बोधन नगर्नु दुःखद पक्ष भएको उल्लेख गर्दै उनलाई न्याय दिन नागरिक समाजनै उठनुपर्ने बेला आएको पनि पूर्व प्रधानन्यायाधिश कार्कीको भनाई छ ।पूर्व प्रधानन्यायाधिश कार्कीले नागरिकले स्वतन्त्रतापूर्वक बोल्न पाउने अधिकार हनन् हुने गरी सरकारले काठमाडौंको विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेकोमा पनि आपत्ति जनाइन् ।

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति केदारभक्त माथेमाले मुलुकको दूरदराजमा समेत मेडिकल शिक्षा पु¥याउने उद्देश्यका साथ तयार पारिएको माथेमा प्रतिवेदनलाई अन्यत्रै मोडने काम सरकारले गरेको भन्दै आपत्ति जनाए ।उनले मेडिकल शिक्षालाई आम नागरिकको पहुँचमा पु¥याउने माथेमा प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गरिव जनताको पक्षमा नरहेको माथेमाको दावी छ । उनले जनसंख्याको अनुपातमा मेडिकल शिक्षाको व्यवस्था गर्न आफूहरुले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेजका लागि सम्बन्धन नदिन सुझाव दिइएपनि सरकारले ल्याएको विधेयकमा सो प्रावधान हटाइएको भन्दै आक्रोश व्यक्त गरे ।

Womui
Womui