स्वीजरल्याण्डलाई हराएर स्वीडेन क्वाटरफाइनल प्रवेश

34

काठमाडौं, असार १९ (एजेन्सी) । विश्वकप फुटबल प्रतियोगितामा स्वीडेनले स्वीजरल्याण्डलाई १–० गोले हराएको छ । नकआउट खेलमा स्वीजरल्याण्डलाई हराएपछि स्वीडेन अन्तिम आठमा पुगेको छ । पहिलो हाफ बराबरी भएको खेलमा स्विडेनले दोश्रो हाफमा गोल गर्दै अग्रता लिएको थियो । स्विडेनका स्ट्राइकर एमिल फोर्ब्सबर्गले गोल गरेका थिए ।


उनले खेलको ६६ औं मिनेटमा डि बक्सबाहिरबाट गरेको प्रहार स्वीजरल्यान्डका डिफेन्डर मानुयल अकान्जीको खुट्टामा लागेर पोष्टमा छिरेको थियो ।

त्यसैगरी इन्जुरी समयमा तेश्रो मिनेटमा वान भर्सेज वान सिचुएसनमा स्विजरल्याण्डका खेलाडी लाङले डिएरियामा फल गरेपछि रेड कार्ड पाउँदै मैदान बाहिर पुगेका थिए । रेफ्रीले यस फलका लागि सुरूमा स्वीडेनलाई पेनाल्टी दिएपनि भिएआर फ्रिकिकको निर्णय सुनाएका थिए । मंगलबारको खेलमा विजयी स्वीडेन अमेरिकामा सन् १९९४ मा भएको विश्वकपपछि क्वाटरफाइनल प्रवेश गरेको पहिलो अवसर हो ।

Womui
Womui