करेन्ट लागेर डोटीको चाँसी गाउँमा चारको मृत्यु

154

छिनछिन खबर
डोटी, असार १९ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ चाँसी गाउँमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । मंगलबार करेन्ट लाग्दा मृत्यु हुनेहरुमा सोही ठाउँका जयन्द्र खड्का, वीरेन्द्र खड्का, दिपेन्द्र खड्का र हर्कबहादुर खड्का छन् । विद्युतको पोल गाड्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले पाँच जनालाई करेन्ट लागेको खबर प्राप्त भएको र प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको बताए ।
दिपायलबाट दुई घन्टाको दूरीमा भए पनि वर्षाका कारण कच्ची बाटो बिग्रिएकाले प्रहरी घटनास्थल पुग्न ढिलाइ भएको उनले बताए ।

Womui
Womui