पुर्वराजा भोलि नेपालगन्ज आउँदै, भव्य स्वागतको तयारी

122

नेपालगन्ज, असार १९-
पुर्व राजा ज्ञानेन्द्र शाह बुधबार(भोलि ) नेपालगन्ज आउन लागेका छन् । आफ्नो जन्मउत्सव नेपालगन्जमै मनाउन उनी बुधबार आउन लागेका हुन् । यही असार २३ गते पुर्वराजा ज्ञानेन्द्रको जन्मदिन परेको छ । पुर्वराजालाई नेपालगन्ज बिमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

उनी बुधबार अपरान्ह ४ : ४५ बजे नेपालगन्ज बिमानस्थलमा ओर्लने कार्यक्रम रहेको राजा निकट राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले जानकारी दिए । उनको जन्मउत्सव मनाउन नेपालगन्जमा नागरिक मुल समारोह समिति गठन गरिएको छ । नेपालगन्ज–२ का भुवन कृष्ण श्रेष्ठको संयोजकत्वमा नागरिक मुल समारोह समिति गठन गरिएको हो ।

जन्मोत्सवका लागि विभिन्न उपसमिति पनि गठन गरिएको नागरिक मुल समारोह समितिका महासचिव भिमबहादुर शाहीले जानकारी दिए । पुर्वराजाको लगानीमा सञ्चालित नेपालगन्जको होटल सोल्टीमा जन्मउत्सव कार्यक्रम हुनेछ । नेपालगन्जमा रहँदा सम्म ज्ञानेन्द्र सोही होटलमा बस्नेछन् ।

Womui
Womui