डा. केसीको अभियानप्रति बाँकेमा पनि ऐक्यवद्धता

58

नेपालगन्ज, असार १९-
प्राध्यापक डा. गोविन्द केसीले थालेको अभियानप्रति बाँकेमा पनि ऐक्यवद्धता जनाइएको छ । नेपालगन्जमा मंगलबार विभिन्न पेशागत संघ, संगठनको बैठकमार्फत उक्त अभियानप्रति ऐक्यवद्धता प्रकट गरिएको हो ।

 

उच्च अदालत नेपालगन्ज बार एशोसियसनका अध्यक्ष बलबहादुर चन्द, बाँके जिल्ला अदालत बार एशोसियनका अध्यक्ष मोहम्मद अयुुव सिद्धिकी, नेपाल मानव अधिकार संगठन बाँकेका अध्यक्ष प्रहलादबहादुुर कार्की, नेपाल चिकित्सक संघका भेरी अञ्चल अध्यक्ष डा. विनोद कर्ण तथा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बैठक पश्चात संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै डा. केसीको अभियानप्रति ऐक्यवद्धता जनाएका हुन् ।

नेपाली जनताको स्वास्थ्य, शिक्षा, शान्तिपूर्ण धर्ना, प्रदर्शन, भेला र अभिब्यक्ति स्वतन्त्रता समेतको संविधान र कानुनद्धारा प्रदत्त हक अधिकारको संरक्षण गर्न समेत नेपाल सरकारसँग उनीहरुले जोडदार माग गरेका छन् । शान्तिपूर्ण भेला प्रर्दशनका सम्बन्धमा वर्तमान सरकारले केसीप्रति गर्दै आएको ज्यादतीपूर्ण ब्वहारप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएको छ ।

Womui
Womui