कनकमणि दीक्षितको कम्पनीमा बिजुली चोरी

111

छिनछिन खबर
काठमाडौं, असार १८ । काभ्रेको नमोबुद्ध नगरपालिका–१ मथुरापाटीस्थित अर्गानिक हिमालय कम्पनीले बिजुली चोरेर प्रयोग गरेको फेला परेको छ । त्यो कम्पनी र जग्गा पत्रकार कनकमणि दीक्षितले ६ महिना अगाडि किनेका हुन् ।

सुरक्षाकर्मीसहित आइतबार खटिएको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले अनुगमन गर्दा प्राधिकरणको वितरण प्रणालीबाट सिधै हुकिङ गरी बिजुली प्रयोग भएको फेला पारेको हो ।टोलीले कम्पनीका सुरक्षागार्ड र त्यहाँ प्रयोगमा रहेका विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख रविन्द्रकुमार यादवका अनुसार त्यहाँ होटल सन्चालित थियो । सो होटलले २०६४ मा गाह्रस्थतर्फका ग्राहकले प्रयोग गर्ने सिंगल फेजको मिटर जडान गरेको थियो । तर, कम क्षमताको लोड लिएर चोरीमार्फत धेरै विद्युत खपत गर्ने विद्युतीय उपकरण प्रयोग गरिरहेको फेला परेको छ ।

‘मिटर जडान गरेपछि अहिलेसम्म १३ हजार युनिट मात्रै विजुली प्रयोग गरेको देखिन्छ, जुन ज्यादै अस्वाभाविक छ’, उनले भने, ‘त्यहाँ रहेको विद्युतीय उपकरण हेर्दा महिनामै १३ हजार युनिट खर्च हुन्छ, विजुली चोरी गरेर प्रयोग गरिरहेको पत्ता लगाएका छौं ।’

यादवले त्यो होटल र जग्गा पत्रकार कनकमणि दीक्षितको भएको जानकारी दिए । उनका अनुसार होटलभित्रका तीनवटा घर बन्द रहेकाले त्यसलाई खोलेर हेर्न बाँकी छ । त्यसपछि थप कुरा पत्ता लाग्ने उनले अनुमान गरे ।

Womui
Womui