ब्राजिलद्वारा मेक्सिको २–० गोलले पराजित

46

काठमाडौं, असार १८ (एजेन्सी) । रसियामा जारी विश्वकप प्रतियोगितमा ब्राजिल क्वाटरफाइनलमा प्रवेशमा गरेको छ । मेक्सिको र ब्राजिलबीच भएको खेलमा ब्राजिलले मेक्सिकोलाई पराजित गरेको हो । ब्राजिलसँग मेक्सिको २–० ले पराजित भयो । खेलको ५१ औं मिनेटमा ब्राजिलका स्टार स्ट्राइकर नेइमार जुनियरले गोल गरेका थिए । नेइमारले विलियम्सबाट प्राप्त क्रसलाई सिल्प गर्दै गोल गरे ।
त्यस्तै दोश्रो गोल फर्मिनोले खेलको ८८ औं मिनेटमा गरे । उनले नेइमारबाट प्राप्त पासलाई गोलमा परिणत गरेका थिए ।

मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको ब्राजिलले अब बेल्जियम तथा जापानबीचको खेलको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । रसियामा जारी मेक्सिको र ब्राजिलबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरेपछि गोल गर्न सकेका थिएनन् ।

ब्राजिल र मेक्सिकोबीच अन्तिमपटक सन् २०१५ को जुनमा प्रतिस्पर्धा भएको थियो मैत्रिपुर्ण खेलमा जसमा ब्राजिल २–० गोलले विजयी भएको थियो ।

Womui
Womui