अग्रता कायम राख्न नसक्दा जापान घर फर्कियो

48

काठमाडौं, असार १९ (एजेन्सी) । विश्वकप फुटबलमा एसियाली मुलुक जापान अन्तिम १६ बाटै घर फर्केको छ । बेल्जियमसँगको खेलमा दुई गोलले अग्रता लिएको जापानले अन्तिम समयसम्म टिक्न नसक्दा बेल्जियमलाई ३–२ ले खेल सुम्पेको हो । खेलको इन्जुरी समयमा बेल्जियमले काउन्टर एट्याकमा खुकुलो जापानी डिफेन्सको फाइदा उठाउँदै जित हात पा¥यो ।

काउन्टर एट्याकमा गोल खानुअघि जापानले बेल्जियमविरूद्ध कर्नर पाएको थियो र उसका प्रायः सबै खेलाडी बेल्जियमको पोस्टमा थिए । बेल्जियमले त्यसैको फाइदा उठाउँदै जापान विरूद्ध विजयी गोल ग‍¥यो । सो गोल नासेर चडालीले ९४ औं मिनेटमा गरेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरी खेलेका जापान र बेल्जियमबीचको खेलमा जापानले तीन मिनेटभित्र दुई गोलको झट्का दियो । बेल्जियमलाई झट्का दिने क्रममा जापानले दोश्रो हाफको तीन मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो । नकआउट प्रवेश गरेको एक मात्र एसियाली राष्ट्र जापानका लागि हारागुचीले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए । जापानको सो गोलबाट उम्कन नपाउँदै जापानले फेरि बेल्जियमलाई ३ मिनेटमा नै अर्को झट्का दिएको थियो । जापानका लागि ५१ औं मिनेटमा जापानका इनुले दोश्रो गोल गरेका थिए ।

खेलमा जापानले यसरी लगातार दुई गोल गर्दै क्वाटरफाइनल प्रवेशको सम्भावनालाई बढाएको थियो तर २ गोलको अग्रताले हौसिएको जापान आक्रमण छोडेर रक्षात्मक हुँदा उसले सो सम्भावना र अग्रतालाई धेरै बेर जोगाउन सकेन ।३ मिनेटभित्र २ गोलको झट्का बेहोरेको बेल्जियमले जापानलाई ५ मिनेट भित्र लगातार २ गोल गर्दै बराबरी ग‍¥यो । बेल्जियमका लागि पहिलो गोल खेलको भेर्टङ्गनले खेलको ६९ औं मिनेटमा गर्दा दोश्रो गोल फेलानीले ७४ औं मिनेटमा हेडमार्फत गरे । सेमिफाइनल फ्रवेशका लागि बेल्जियमले ब्राजिलसँग शुक्रबार भिडन्त गर्नेछ ।

Womui
Womui